images
images

नेप्से परिसूचक ९ अङ्कले बढ्दा कारोबार रकम एक अर्ब १८ करोड, सिटिजन लाइफको सार्वधिक कारोबार

नेप्से परिसूचक ९ अङ्कले बढ्दा कारोबार रकम एक अर्ब १८ करोड, सिटिजन लाइफको सार्वधिक कारोबार

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • नेप्से परिसूचक ९ अङ्कले बढ्दा कारोबार रकम एक अर्ब १८ करोड, सिटिजन लाइफको सार्वधिक कारोबार

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।

    images
    images

    आज दुई सय ८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार सात सय ४१ पटक खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    बैङ्किङ समूहको उपसूचक सामान्य अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ५२ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३७ प्रतिशतले बढेको छ ।

    मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ६१ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको छ करोड ९३ लाख ६३ हजार एक सय २२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नबिल ब्यालेन्स फन्ड–२ को तीन लाख १५ हजार चार सय २२ कित्ता शेयर किनबेच भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार