images

राष्ट्र बैङ्कले बढायो सेयर धितो कर्जाको सीमा, व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड पाइने

राष्ट्र बैङ्कले बढायो सेयर धितो कर्जाको सीमा, व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड पाइने

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    राष्ट्र बैङ्कले बढायो सेयर धितो कर्जाको सीमा, व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड पाइने

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जाको सीमा वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी सेयर धितो कर्जाको सीमा बढाएको हो ।

    यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरिएमा उक्त सीमा बढाएर व्यक्तिगत १५ करोड र संस्थागत २० करोड रुपैयाँ बनाएको छ ।


    “कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ” परिमार्जित एकीकृत निर्देशनमा भनिएको छ ।    

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय