images
images

अब काठमाडौँमा धितोको ५० प्रतिशतसम्म घरकर्जा पाइने, उपत्यका बाहिर कति ?

अब काठमाडौँमा धितोको ५० प्रतिशतसम्म घरकर्जा पाइने, उपत्यका बाहिर कति ?

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    अब काठमाडौँमा धितोको ५० प्रतिशतसम्म घरकर्जा पाइने, उपत्यका बाहिर कति ?

    काठमाडौँ / अब काठमाडौँ उपत्यका पनि घरजग्गाका लागि जाने कर्जामा बैंकहरूले धितोको ५० प्रतिशतसम्म रकम लगानी गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। हाल काठमाडौँभित्रको रियल स्टेट कर्जा र यसको धितो सुरक्षणको अनुपात ४० प्रतिशत छ। काठमाडौँ उपत्यका बाहिर भने पहिलेदेखि ५० प्रतिशतसम्मकै व्यवस्था छ।

    images
    images

    घरजग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ। त्यस्तै बैंकहरूले असल कर्जामा राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था समेत राष्ट्र बैंकले घटाएको छ।अब बैंकहरूले असल कर्जामा १.२५ प्रतिशत मात्रै नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ। हाल यसरी १.३ प्रतिशत नोक्सानी व्यवस्था राख्नुपर्छ।

    बैंकहरूले अब कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाउने भएका छन्। बैंकहरूले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको सेयरमा गरिएको कुल लगानी रकमलाई पुँजी कोष गणना गर्दा प्राथमिक पुँजीमै जोड्न पाउने भएका छन्। 

    राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकलाई समेत वाणिज्य बैंकसरह निक्षेप संकलनमा कुनै सीमा नलाग्ने व्यवस्था समेत गरेको छ। बैंकहरूले चालु आर्थिक वर्ष २०८०/८१ मा अतिरिक्त पुँजी कोषमा ०.५ प्रतिशत रकम राख्नु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार