images
images

एभरेष्ट बैङ्कद्वारा इ–रिक्सा चालकहरूलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

एभरेष्ट बैङ्कद्वारा इ–रिक्सा चालकहरूलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • एभरेष्ट बैङ्कद्वारा इ–रिक्सा चालकहरूलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

    काठमाडौँ / एभरेष्ट बैङ्क लिमिटेडले नेपाल अटो तथा इ-रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रूपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ-रिक्सा यातायातका ५५ भन्दा बढी सदस्यहरूलाई क्यूआर कोड हस्तान्तरण गरे । 

    सो अवसरमा तिलोत्तमा नगरपालिकाका उप-प्रमुख जागेश्वरदेवी चौधरीले चौधरीले एभरेष्ट बैङ्कको यस वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैङ्किङ्ग सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरिन् । त्यस्तै, बैङ्कका प्रमुख कार्यकारी अधिकृत खलिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा-५ मणिग्राम रूपन्देहीका सर्वसाधारणहरूमाझ यसरी वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको बताए । 

    यसले सम्पूर्ण तिलोत्तमाबासीहरूमा सुरक्षित बैङ्किङ्ग गर्न हौसला मिल्ने, नयाँ उद्यम गर्न बैङ्कले सहयोग गर्ने विश्वास दिलाउनका साथै नेपाल अटो तथा इ-रिक्सा यातायातसँग आबद्ध ५५ भन्दा बढी चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरूलाई नगद कारोबारबाट झन्झट मुक्त हुने र व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरी आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख गरे । 

    उक्त कार्यक्रममा नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैङ्कका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले सय जना भन्दा बढी टेम्पो तथा इ-रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरूलाई वित्तीय साक्षरता सचेतना प्रदान गरे । 

    सो वित्तिय साक्षरता सचेतना कार्यक्रमा उप्रेतीले स-साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे । फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत  दिवश सापकोटाकोसमेत उपस्थिति रहेको थियो ।

    त्यस्तै, तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमाका सभापति शेषकान्त भुषाल तथा सचिव खड्ग बहादुर के.सी, तिलोत्तमा नगरपालिकाको कार्यालयका आर्थिक विकास तथा प्रमुख कृष्ण प्रसाद पाण्डे लगायत बैङ्कका डिजिटल विभाग प्रमुख शंकर पोखरेल, बैङ्कका प्रमुख प्रबन्धक हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख लवप्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाल लगायत अन्य विशिष्ट कर्मचारी र स्थानीयको समेत उपस्थिति थियो । 

    स्थापना काल देखिनै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैङ्कले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार