images
images

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु बिग शट’ लगानी व्यवस्थापन सेवा, के–के छ विशेषता ?

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु बिग शट’ लगानी व्यवस्थापन सेवा, के–के छ विशेषता ?

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • प्रभु क्यापिटलले ल्यायो ‘प्रभु बिग शट’ लगानी व्यवस्थापन सेवा, के–के छ विशेषता ?

    काठमाडौँ / प्रभु क्यापिटल लिमिटेडले आज असोज १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “प्रभु बिग शट” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । 

    images
    images

    हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं उक्त लगानी व्यवस्थापन सेवा भने उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थाहरुलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ । 

    उच्च पदस्त व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्ये–नजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको छ ।

    यस्तो छ यस योजनाको मुख्य विशेषताहरू 

    न्यूनतम लगानीः ५० लाख, न्यूनतम लगानी अवधिः ३ वर्ष, ह्र्डल रेटः ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) १ प्रतिशत, मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत हुनेछ । लगानीकर्ताले ५० लाखबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

     रु ५० लाख लगानीकर्ताले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । प्रभु बिग शट लगानी व्यवस्थापन सेवामा आबद्ध भई ग्राहकहरुले विशेष प्रीमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको छ ।

    विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धि परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिनेछ ।

    साथै यो सेवा बजारको समय सापेक्ष ल्याइएको तथा नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको अवधि भित्र यस योजना संग जुडिने लगानीकर्ताहरुलाई योजनामा लाग्ने शूल्कमा थप छुटको व्यवस्था समेत गरिएको छ । क्यापिटलले ग्राहकको सेवालाई प्राथमिकतामा राखि अभिनव प्रकारका योजनाहरु संचालन गरि रहेको छ ।

    क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार