images
images

विद्युत विधेयक, २०८० ले निजी क्षेत्रलाई बिस्थापित गर्ने हो की ?

विद्युत विधेयक, २०८० ले निजी क्षेत्रलाई बिस्थापित गर्ने हो की ?

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • विद्युत विधेयक, २०८० ले निजी क्षेत्रलाई बिस्थापित गर्ने हो की ?
    images
    images

    काठमाडौँ / सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा विचाराधीन विद्युत् विधेयक, २०८० बारे संघीय सांसद, विज्ञ र सरोकारवाला निकायसँग छलफल गरेको छ।

    आइतबार बिहान संसद् भवनमा नेपाली कांग्रेसको संसदीय दलको आयोजनामा प्रतिनिधि सभामा विचाराधीन विद्युत् विधेयक, २०८० बारे संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा) सदस्य विज्ञ र सरोकारवाला निकायसँग छलफल भएको हो।

    छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले विधेयक निर्माण गर्ने क्रममा संलग्न भएका सरकारका पदाधिकारी आमन्त्रित गरी छलफल गर्ने र विधेयकबारे धारणा बनाउने बताए। 

    उनले अहिलेको विधेयकले फेरि निजी क्षेत्रलाई विस्थापित गर्ने हो कि ? भन्ने चिन्ता व्यक्त भएको बताए। उनले विद्युत् ऐन, २०४९ लाई हेरेर राम्रो बनाउनुपर्ने सुझाव दिए। 

    उनले भने, ‘विद्युत्‌सम्बन्धी विधेयक संसद्‌मा दर्ता भइसकेको छ। अब हाम्रो अर्थतन्त्र नै वास्तवमा विद्युत्‌सँगै सम्बन्धित छ। बढीभन्दा बढी विद्युत् उत्पादन गरी त्यसलाई निर्यात गर्नसके बल्ल अर्थतन्त्त उकास्ने स्थिति छ। यसमा मुलतः निजी क्षेत्रले लगानी गरिरहेको छ। धेरै ठूलो लगानी यो क्षेत्रमा छ। जति विद्युत् उत्पादन गरिरहेका छौं। यसमा पनि ठूलो हिस्सा प्राइभेट सेक्टरको नै छ। अहिलेको यो विधेयकले फेरि निजी क्षेत्रलाई विस्थापित गर्ने हो कि ? भन्ने चिन्ता व्यक्त भएको छ।’

    प्रमुख सचेतक लेखकले विद्युत् उत्पादनको क्षेत्रमा वैदेशिक लगानी पनि आकर्षित गर्नुका साथै आन्तरिक रुपमा लगानी गर्नेलाई पनि उचित वातावरण बनाएर लैजानुपर्ने बताए। कमभन्दा कम मूल्यमा विद्युत्‌माथि जनताको पहुँच सुनिश्चित गर्नुपर्ने बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार