images
images

राष्ट्र बैँकले घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही गर्ने, कहाँ–कहाँबाट साट्न पाइन्छ ?

राष्ट्र बैँकले घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही गर्ने, कहाँ–कहाँबाट साट्न पाइन्छ ?

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • images
    images
    राष्ट्र बैँकले घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही गर्ने, कहाँ–कहाँबाट साट्न पाइन्छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैँकले यस वर्षको दशैँ, तिहार तथा छठ पर्वका नयाँ नोट सटही गर्ने भएको छ ।

    images
    images

    दशैँ, तिहार र छठलाई लक्ष्य गरी घटस्थापना (असोज २८) को भोलिपल्टदेखि नयाँ नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको हो । राष्ट्र बैंकले आफ्ना कार्यालय मार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्नेछ ।

    अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको राष्ट्र बैँकले जनाएको छ । पहिलो चरणमा वाणिज्य बैँकहरूलाई मागनुसार राष्ट्र बैङ्कले नयाँ नोट दिने गरेको छ । 

    राष्ट्र बैंकका अनुसार काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको छ। योसँगै वाणिज्य बैंकहरुले तोकेको नजिकको शाखा कार्यालयमार्फत पनि नयाँ नोट साट्न सकिनेछ। 

    यसैगरी काठमाडौँ उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखामार्फत नयाँ नोट साट्न सकिनेछ। 

    राष्ट्र बैंकका एक अधिकारीका अनुसार यसपालि पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने सुविधा प्रदान गरिएको छ। जसअनुसार अघिल्ला वर्षमा झैँ यस वर्ष पनि एक व्यक्तिलाई ५, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार