images
images

लक्ष्मी सनराइज बैङ्कको ‘दशैँ आयो’ योजना : मोबाइल मनि, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर

लक्ष्मी सनराइज बैङ्कको ‘दशैँ आयो’ योजना : मोबाइल मनि, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • लक्ष्मी सनराइज बैङ्कको ‘दशैँ आयो’ योजना : मोबाइल मनि, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर

    काठमाडौँ / लक्ष्मी सनराइज बैङ्कले ‘दशैँ आयो’ योजना ल्याएको छ । उत्साह र उमङ्ग सहित मनाइने महान चाड दशैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित  दशैँको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न बैङ्कले सो योजना ल्याएको हो । 

    images
    images
    images
    images

    असोज १८ देखि कार्तिक ३० गतेसम्म लागु हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैङ्कको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ। परम्परागत रूपमा दशैँमा गरिने गतिविधीहरूलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खानपिन, भ्रमण, सपिङ्ग तथा रमाइलोलाई ध्यानमा राखी सो योजना ल्याइएको बैङ्कले जनाएको छ । पहिलो अफर ‘घुम्न जाउँला’मा लक्ष्मी सन्राइज बैङ्कको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः रु २५० र ५०० को क्यासब्याक पाउन सकिनेछ।

    यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ।अर्को अफर ‘सपिङ्ग गरौँला’मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा रु १००० सम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागु रहनेछ।

    यसैगरी  ‘खाउँला पिउँला’ योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सन्राइज बैङ्कको डेबिट/क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा रु २०० सम्म क्यासब्याक पाउन सकिनेछ। 

    त्यस्तै, अफर अन्तर्गत के एफ सी को तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा रु ५०० सम्म क्यासब्याक पाइने छ।

    त्यसैगरी, ‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरूमा टिकट खरिद गर्दा लक्ष्मी सन्राइज बैङ्कको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा रु ५०० सम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागु हुनेछ।

    र, क्यासब्याक अफरहरु बाहेक असोज २५ गते देखि कात्तिक २५ गते सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा रु ५०१ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमिु’रेमिट्यान्स खातावाला ग्राहकहरूका लागि रु ५०,००० भन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।

    सबै योजनाहरूमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ । लक्ष्मी सन्राइज बैङ्कका सेवाग्राहीका लागि यो ‘दशैँ आयो’ योजना दशैँका विभिन्न खर्च तथा गतिविधिमा क्यासब्याकको लाभ लिई दशैँलाई अझ रमाइलो बनाउने सुनौलो अवसर हो । 

    लक्ष्मी सन्राइज बैङ्क नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त ‘क’ वर्ग बैङ्क हो । साविक लक्ष्मी बैङ्क र सन्राइज बैङ्क गाभिई २०८० असार २९ गतेदेखि ‘लक्ष्मी सन्राइज बैङ्क’को रूपमा एकीकृत कारोबार सुरु गरेको हो । केन्द्रीय कार्यलय हात्तीसार, काठमाडौँमा रहेको बैङ्कको देशभरी ५९ जिल्लामा रहेका २८४ वटा शाखाहरु तथा विभिन्न सञ्जालहरूमार्फत ग्राहकलाई बचत, कर्जा, रेमिट्यान्स जस्ता बैङ्किङ्ग सुविधाहरू उपलब्ध गराइरहेको छ । 

    बजारको हरेक क्षेत्र (खुद्रा, मध्य-बजार, कर्पोरेट, पूर्वाधार र ट्रेजरी)को मुख्य भूमिकामा स्थापित हुन सफल भएको बैङ्कले व्यवसायिक सुशासनको संस्कृति, जोखिम व्यवस्थापन प्रणाली र बलियो प्रविधिमा आधारित रहेर सेवा प्रवाह गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार