images
images

कार्तिक महिनामा १० बाणिज्य बैंकले घटाए ब्याज दर, अब कुन बैंकमा कति पाइन्छ ब्याज ?

कार्तिक महिनामा १० बाणिज्य बैंकले घटाए ब्याज दर, अब कुन बैंकमा कति पाइन्छ ब्याज ?

कार्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ ।

बुधवार, असोज ३० २०८१
बुधवार, असोज ३० २०८१
  • कार्तिक महिनामा १० बाणिज्य बैंकले घटाए ब्याज दर, अब कुन बैंकमा कति पाइन्छ ब्याज ?

    काठमाडौँ / वाणिज्य बैंकहरूले कार्तिक महिनाको लागि पनि ब्याज दर घटाएको छ । चाडपर्वको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित कर्जा माग नहुँदा बाणिज्य बैंकहरूले ब्याज दर घटाएका हुन् । 

    images
    images
    images
    images

    कर्जा लगानी बढ्न नसकेपछि कार्तिक महिनाका लागि कुनै पनि बैंकहरूले ब्याज दर बढाएका छैनन् । आगामी महिनाका लागि अघिल्लो महिनाको मसान्तसम्म ब्याज दर प्रकाशन गरिसक्नुपर्ने व्यवस्था बमोजिम सबै बैंकहरूले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । 

    हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूमध्ये कार्तिक महिनामा १० बैंकहरूले ब्याज दर घटाएका छन् भने १० ओटाले स्थिर राखेका छन् । १० ओटा बैंकले ब्याज दर घटाएसँगै मुद्दती निक्षेपको औसत ब्याज दर समेत घटेको छ ।

    असोजको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.३९८ प्रतिशत ब्याज दर दिइरहेकोमा अहिले घटेको हो ।बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याज दर ६.१८७ प्रतिशत छ ।

    यस्तो खातामा ९ वाणिज्य बैंकहरूले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने सानिमा बैंकले ब्याज दर बढाएको छ । 

    व्यक्तिगत मुद्दती निक्षेपमा असोज महिनाको तुलनामा सिटिजन्स बैंक र हिमालयन बैंकले सबैभन्दा बढी ब्याज दर घटाएको छ । 

    कार्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरू एकै प्रकारको खातामा दुई प्रतिशत विन्दुसम्मको अन्तर राख्न पाइन्छ ।

    त्यस्तै, बचत खाताको न्यूनतम र मुद्दती खाताको अधिकतम ब्याजदर पनि पाँच प्रतिशत विन्दुभन्दा धेरै हुन नहुने केन्द्रीय बैंकको निर्देशन छ । रेमिट्यान्स निक्षेपका हकमा भने १ प्रतिशत विन्दुले थप ब्याज दिनसक्ने व्यवस्था छ ।

    Note.JPG

    यस्तो छ बैंकहरूको नयाँ ब्याजदर

    एभरेस्ट बैंक

    एभरेस्ट बैंकले यो महिना सबै प्रकारका ब्याजदरलाई यथावत राखेको छ । यस अनुसार कात्तिक महिनामा बैंकले व्यक्तिगत मुद्दतीमा बढीमा ६ प्रतिशत र संस्थागत मुद्दतीमा ५ प्रतिशत ब्याज दिनेछ । बैंकले असोज महिनाकै ब्याज दरलाई कार्तिक महिनामा पनि निरन्तरता दिने भएको हो । 

    एनआइसी एसिया बैंक

    एनआईसी एसिया बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राख्दा व्यक्तिगत मुद्दती खाताको ब्याज दर ०.१९ प्रतिशतले घटाएको छ । अब बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ६.९९ प्रतिशत र ५.९९ प्रतिशत ब्याज दिनेछ ।

    एनएमबि बैंक

    एनएमबि बैंकले बचत तथा एकवर्षे मुद्दती खाताको ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । एनएमबि बैंकले कार्तिक महिनामा व्यक्तिगत मुद्दतीमा बढीमा ६.५ प्रतिशत र संस्थागत मुद्दतीमा ५.५ प्रतिशत ब्याज दिनेछ । बैंकले असोज महिनाकै ब्याज दरलाई कार्तिकमा पनि निरन्तरता दिने भएको हो । 

    कृषि विकास बैंक

    कृषि विकास बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याज दरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजलाई ०.३१४ प्रतिशतले घटाएको छ । कात्तिक महिनामा बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ५.७५६ प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

    कुमारी बैंक

    कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले कार्तिक महिनामा व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ६.०१ प्रतिशत र ५.३१ प्रतिशत ब्याजदर कायम गरेको हो । कुमारी बैंकले पनि असोज महिनाकै ब्याज दरलाई निरन्तरता दिएको हो । 

    ग्लोबल आईएमई बैंक

    ग्लोबल आईएमई बैंकले पनि सबै प्रकारका खाताको ब्याज दरलाई कार्तिक महिनामा पनि स्थिर राखेको छ । ग्लोबल आइएमई बैंकले कार्तिक महिनामा व्यक्तिगत मुद्दतीमा ६.२५ प्रतिशत र ५.२५ प्रतिशत ब्याज दर कायम भएको छ ।

    नबिल बैंक

    नबिल बैंकले साधारण बचत खाता र संस्थागत मुद्दती निक्षेपको ब्याज दरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर ०.५ प्रतिशतले घटाएको छ । कार्तिक महिनाका लागि नबिल बैंकले क्रमशः  ६.२५ प्रतिशत र ५.२५ प्रतिशत ब्याज दर तोकेको छ । 

    नेपाल बैंक

    नेपाल बैंकले सबै प्रकारका खाताहरूको ब्याज दर स्थिर राखेको छ । बैंकले कार्तिक महिनामा  व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ५.९५ प्रतिशत र ४.९५ प्रतिशत ब्याज दर कायम गरेको छ ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी)ले साधारण बचत खाता र एकवर्षे व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ । संस्थागत मुद्दती खाताको ब्याज दरलाई भने ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

    कार्तिक महिनामा एनआइएमबीले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ६.५ प्रतिशत र ५.२५ प्रतिशत ब्याज दर कायम गरेको छ ।

    नेपाल एसबीआई बैंक

    नेपाल एसबीआई बैंकले यो महिना ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ६ प्रतिशत र ५ प्रतिशत ब्याजदर तोकेको छ ।

    प्रभु बैंक

    प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।  यस अनुसार आगामी महिना बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ६.१ प्रतिशत र ५.१ प्रतिशत ब्याज दिनेछ ।

    प्राइम कमर्सियल बैंक

    साधारण बचत खाताको ब्याजदरलाई यथावत राखेर व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याज दर ०.२५ प्रतिशतले घटाएको छ । आगामी महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ६ प्रतिशत र ४.२५ प्रतिशत ब्याज दिने जनाएको छ ।

    माछापुच्छ्रे बैंक

    माछापुच्छ्रे बैंकले सबै प्रकारका खाताको ब्याजदर कार्तिक महिनामा लागि यथावत् राखेको छ ।  बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ७ प्रतिशत र ५.२५ प्रतिशत ब्याज दिने भएको छ । 

    राष्ट्रिय वाणिज्य बैंक

    राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत राखेको छ । कार्तिक महिनाका लागि राष्ट्रय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ५.८ प्रतिशत र ५ प्रतिशत ब्याज दर तोकेको छ । 

    लक्ष्मी सनराइज बैंक

    लक्ष्मी सनराइज बैंकले बचत खातालाई यथावत् राखेर व्यक्तिगत र संस्थागत दुवै मुद्दती खातामा ०.५ प्रतिशतले ब्याजदर घटाएको छ । कार्तिक महिनाका लागि लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ६ प्रतिशत र ५ प्रतिशत ब्याज दर कायम गरेको छ ।

    सानिमा बैंक

    सानिमा बैंकले कार्तिक महिनाका लागि असोज महिनाको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याज दर बढाएको छ भने अन्य ब्याज दर स्थिर राखेको छ । बैंकले कार्तिक महिनामा व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः प्रतिशत, ६.१५ प्रतिशत र ४.३ प्रतिशत ब्याज दर कायम गरेको छ ।

    सिटिजन्स बैंक

    सिटिजन्स बैंक कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती खातामा ०.७५ प्रतिशत र संस्थागत मुद्दती खातामा ०.५ प्रतिशत ब्याज घटाएको छ ।  अब यो बैंकले कार्तिक महिनामा व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ५.७५ प्रतिशत र ४.५ प्रतिशत ब्याज दिने भएको छ । 

    सिद्धार्थ बैंक

    सिद्धार्थ बैंकले बचत खाताको ब्याज दरलाई स्थिर राखेको छ । व्यक्तिगत र संस्थागत मुद्दती खाता ब्याज दर ०.५ प्रतिशतले घटाएर क्रमशः ६ प्रतिशत र ५ प्रतिशतमा झारेको छ । 

    स्ट्यान्डर्ड चार्टर्ड बैंक

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ०.२५ प्रतिशतले ब्याज दर घटाएको छ । अब कार्तिक महिनामा स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ६.५ प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

    हिमालयन बैंक

    हिमालयन बैंकले यो पटक सबै प्रकारका ब्याजदर घटाएको छ । व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई ०.७५ प्रतिशतले घटाएको छ । अब बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ६.२५ प्रतिशत र ५.२५ प्रतिशत ब्याज दर तोकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार