images
images

नेटा भीको एक्स्चेन्ज क्याम्प, आकर्षक बोनस सहित हरेक टेष्ट ड्राइभमा उपहार पनि

नेटा भीको एक्स्चेन्ज क्याम्प, आकर्षक बोनस सहित हरेक टेष्ट ड्राइभमा उपहार पनि

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • images
    images
    नेटा भीको एक्स्चेन्ज क्याम्प, आकर्षक बोनस सहित हरेक टेष्ट ड्राइभमा उपहार पनि

    काठमाडौँ / सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन चाहाने ग्राहकहरूको लागि एक्स्चेन्ज क्याम्पको आयोजना गरेको छ । कम्पनीले असोज २४ गतेदेखि २८ गतेसम्मको लागि बिशालनगर, काठमाडौँ स्थित शोरुममा उक्त एक्स्चेन्ज क्याम्पको आयोजना गरेको हो । 

    images
    images

    प्योर इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारीलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको बेला आसन्न चाड दशैंलाई लक्षित गरी सिजि मोटर्सले एक्स्चेन्ज क्याम्पको आयोजना गरेको जनाएको छ । 

    एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक बर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर समेत दिइरहेको कम्पनीले जनाएको छ । साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ । 

    सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कुरा कम्पनिद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।

    ३८० कि.मी. रेन्ज, ०.५ रुपैया प्रति कि.मी. खर्च, १० वर्ष अथवा २ लाख कि.मी. ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार