images
images

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत ओखलढुंगाका राईले जिते १ लाख

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत ओखलढुंगाका राईले जिते १ लाख

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत ओखलढुंगाका राईले जिते १ लाख

    काठमाडौँ / डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जितेका छन् । उनको उक्त पुरस्कार रकम राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले हस्तान्तरण गरेका हुन् । 

    बाजागाजा सहित एक कार्यक्रमको आयोजना गरि सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत ओखलढुंगाका राईले नगद एक लाख रुपैयाँ जितेका हुन् । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । 

    यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

    सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान असोज १ गतेदेखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ । साप्ताहिक लक्की ड्रमा एक लाख रुपैयाँ र बम्पर लक्की ड्रमा १० लाख रुपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ । यसका साथै बिजेताले मिडियामा फेमस र सेलिब्रेटी जीवनशैली प्राप्त गर्ने कम्पनीको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार