images
images

कोशीबाट फिल्महरु प्रदर्शन भैसकेको बताउँदै रिपोटर्स क्लबमा नेता महेश बस्नेत गर्जिए - 'अब संघीय सरकारमा पनि !'

कोशीबाट फिल्महरु प्रदर्शन भैसकेको बताउँदै रिपोटर्स क्लबमा नेता महेश बस्नेत गर्जिए - 'अब संघीय सरकारमा पनि !'

शनिवार, असोज २७ २०८०
शनिवार, असोज २७ २०८०
  • कोशीबाट फिल्महरु प्रदर्शन भैसकेको बताउँदै रिपोटर्स क्लबमा नेता महेश बस्नेत गर्जिए - 'अब संघीय सरकारमा पनि !'
    images
    images
    images
    images

    काठमाडौं/  नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्य सुरुवात भएको उल्लेख गर्दै चाँडै फिल्महरु प्रदर्शन हुने बताएका छन् । 
    आज विशेष साक्षात्कारमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । 

    उनले भने–‘कोशी प्रदेशको कांग्रेसको विद्रोह र एमालेसँगको सहकार्य त सुरुवात मात्रै हो । यसको कास्टिङ हो, यसको फिल्महरु प्रदर्शन हुँदैछन् । मलाई लाग्छ चाँडै नै फिल्महरु प्रदर्शन हुनेछन् र ती फिल्मका प्रभावहरु संघीय सरकारमा पनि पर्नेछ ।’

    हामीले कोशी प्रदेशमा कांग्रेसबाट न्यायको लागि विद्रोह गरेका केदार काकीलाई मुख्यमन्त्रीमा समर्थन गरेका छौं । परमादेशको नजिर आज कोशीमा लागु भएको छ । कोशीमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि सत्ता गठबन्धनको निर्णय पनि हेरियो । 

    प्रचण्ड र देउवाज्यू, राष्ट्रियतालाई दाउमा राखेर, सामाजिक सद्भावलाई समाप्त पारेर, धार्मिक द्धन्द्ध निम्त्याएर, सुाम्राज्यवादी शक्तिहरुकासामू नेपालमा चलखेल गर्ने नेपालमा मैदान खडा गरेर, गठबन्धन जोगाउने नाममा, संविधान मिचेर त्यस्ता खालका तत्वलाई प्रश्रय दिएर जे–जे गर्नुभएको छ, त्यो बेठीक गर्नुभएको छ ।’ 


    उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गरे । उनले गृह प्रशासनमा मन्त्री श्रेष्ठको प्रभाव निकै कम रहेको आरोप लगाए ।

    उनले भने,‘अहिले गृहमन्त्रालय माओवादीको हातमा छ । उसको प्रभाव निकै कम छ । त्यही भएर दशेमा शान्ति, सुरक्षा निकै कमजोर छ । देशभरिका सूचना लिने उनको हैसियत छैन् । 

    प्रहरी प्रशासन उनको कमाण्डमा छैन् । उनी गलत सूचना लिएर प्रहरी प्रशासन परिचालन गरिरहेका छन् । प्रकाश ज्वाला भौतिकमन्त्री छन् । आज एकीकृत समाजवादीको हैसियत कत्रो छ ? बाँकेमा भाषण सुन्ने मान्छे कोही थिएनन् र कार्यक्रम रद्द भयो भन्ने कुरा सुनिहाल्नुभयो, अझै एक वर्ष माधव नेपाल प्रधानमन्त्री हुने रे ? ३२ सिटे प्रचण्ड हुँदा त यो ताल, माधव नेपाल हुँदा कुन ताल होला ? यो गठबन्धन जतिसक्दो चाँडो तोड्नु्पछृ । भत्काउनुपर्छ । सबै क्षेत्रका संकटहरु समाधान गर्नुपर्छ । आज मुलुकका सबै क्षेत्र आन्दोलित छन् । यो सबै विषयलाई सम्बोधन गर्नुपर्छ । यो सरकार सत्तालिप्साको लागि जे पनि गर्न तयार छ ।’

    उक्त साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले भ्रष्टाचारलाई नै प्रश्रय दिएको आरोप लगाए । 

    उनले भने, ‘सत्ताको आडमा भ्रष्टाचार गर्ने, गडबडी गर्ने, अनि भेपमा ल्याएको सुन तस्करीमा महरा बचाउने र महराको छोरालाई पारेको जस्तो गर्ने, बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुरामहरुलाई बचाउने, लिलामणिहरुलाई बचाउने, नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र मञ्जु खाँणहरुलाई बचाउने ?, यो सरकारले भ्रष्टाचारको फायल खोल्ने होईन मिलाउने काम गरेको छ । 

    भ्रष्टाचार नियन्त्रण गर्ने होईन, आफ्ना मान्छेलाई सावुन पानीले नुहाइदिने प्रचण्डपथ र त्यो पथको पछिपछि हिँडेको कंग्रेस आज विक्षिप्त अवस्थामा पुगेको छ । फेरि पनि यो मुलुकमा एमालेले सरकारमा छँदाखेरि समृद्धि र विकासको एजेण्डा चलाएको छ । विपक्षमा हुँदापनि एमाले त्यही ढंगले लागेको छ ।’ 


    उनले नेपालको राजनीतिलाई नयाँ दिशामा मोड्ने ढंगले कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा सरकार बनेको सुनाए ।

    ‘कोशीमा एमाले जिम्मेवार बन्नुपर्छ भन्ने ढंगले हामीले अभिव्यक्ति दिएका थियौं । कोशी प्रदेशको सरकार बन्ने सन्दर्भमा एमाले अधिकतम लचिलो बन्नुपर्छ भनेर मैले पनि भनेको थिएँ ।’–उनले भने ।

     
    उनले आफूले कोशी प्रदेशको स्थायित्वको लागि कांग्रेसले संस्थागत रुपमा निर्णय गरेर आउँछ भने पनि समर्थन गर्नुपर्छ भनेर भनेको स्मरण गराए ।


    उनले भने, ‘कोशी प्रदेशको स्थायित्वको लागि मैले सबै विकल्पमा जानुपर्छ भनेको थिएँ, कतिसम्म भने ८ जना सांसद लिएर आउनेलाई समर्थन गर्नुपर्छ भनेको थिएँ ।’


    उनले आफूले सामाजिक, धार्मिक सहिष्णुता विथोल्नेलाई रोक्नुपर्छ भनेर बोलेको पनि स्मरण गराए । बस्नेतले भने, ‘कोशीमा म सानोभन्दा सानो कार्यक्रममा सहभागिता भएको थिएँ । नेपाल भौगोलिक रुपमा पनि निकै संवेदनशील ठाउँमा छ । नेपालालई अन्तर्राष्ट्रिय बफर जोनको रुपमा लिईन्छ । 

    कोशीलाई बफर जोनको पनि इपिसेन्टरको रुपमा लिईन्छ । संसारलाई चूनौति दिँदै हाम्रा छिमेकी राष्ट्रले गरेको प्रगतिका कारण आज हामीलाई समस्यामा पार्न खोजिँदैछ । 

    भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्रको रुपमा शक्तिशाली बनेको छ । हालै जी–२० सम्पन्न गरेको छ । चीन अर्थतन्त्रको हिसाबले दोस्रो ठूलो । नेपालको झापा र बंगलादेशको बीचमा भारतको १० किलोमिटर भूमी पर्छ । जसलाई चिकेन–नेक भनिन्छ । त्योभन्दा माथितिर भारतका ८ वटा राज्य छन् । आज किन कोशी प्रदेशमा मन्दिरको अघि चर्च बन्छ ? 

    वडाअध्यक्षले चर्च बन्ने कुराको विरोध गर्दा मेयर हर्क साम्पाङले किन चर्च बनाउनेहरुको हौसला प्रदान गरिरहेका छन् ? मंगोल, लिम्बुवान र दुर्गा प्रसाईको नाममा किन लोकतन्त्रविरोधी काम भैरहेको छ । ? त्यहाँ एकातिर हामी किराँती हौं भन्दै गाई खान्छौं भनेर दिउँसै सोसल मिडिया रंग्याउने काम हुन्छ, अनि अर्कोतर्फ साधुसन्त नामका व्यक्तिहरु खुकुरी बोकेर सम्मान घट्नेगरि मान्छे काटेर आईज हामी सुरक्षा दिन्छौं भन्छ ।

    त्यहीँ नेपालको होईन, विदेशबाट आएका गेरुवस्त्र धारण गरेकाहरुले मुलुकलाई धर्मयुद्ध गर्ने कुरा गरेका छन्, त्यो कुरा बढ्दै गर्दा धरान, सर्लाही हुँदै नेपालगञ्ज पुग्छ । नेपालगञ्जमा सोसल मिडिया बन्द गरिनुपर्छ भन्ने आवाज उठेको छ ।’ 
    दुई महिनाभित्र ओली, प्रचण्ड र देउवा नसच्चिए खुट्टा काटिनेछ र  प्रयोगशशालमा राखिनेछ भन्दै भाषण गदै हिँड्छन दुर्गा प्रसार्इं भन्ने अराजक व्यक्ति ।

    राज्य निरीह छ । विचरा भन्न मन लाग्छ प्रचण्ड र नारायणकाजीलाई मेरो विरोध गर्ने ? देखाईदिन्छु ? मासु काट्छु, चोक्टा, चोक्टा बनाउँछु, उसिनेर खान्छु भन्छ दुर्गा प्रसाई । बैंक तथा वित्तिय संस्थाबाट लोन लिएकालाई नतिर भन्छ । आज उसका पछाडि सहकारी र वित्तिय संस्थाबाट ऋण लिएकाहरु ५ लाख, १० लाख छुट गरिदिन्छ भनेर लागेका छन् । भैंसीले कहिलेकाही पुच्छरलाई हान्छ, त्यो प्रसाईले पुच्छरको प्रयोग गरेर एमाले र नेताहरुमाथि चूनौति दिन्छ ।’


    उनले राष्ट्रिय युवा संघ प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालजस्तो डरपोक नभएको पनि टिप्पणी गरे । 

    उनले एमाले सामाजिक सद्भावको पक्षमा अटल भएर उभिएको र उभिरहने स्पष्ट पारे । उनले भने,‘युवा संघ नेपाल प्रचण्ड र माधव नेपालजस्तो डरपोक छैन् । एमाले सामाजिक सद्भावको पक्षमा अटल भएर उभिन्छ । धार्मिक सहिष्णुताको पक्षमा अटल भएर उभिन्छ । कुशासन र भ्रष्टाचारलाई युवा संघले सहँदैन् । 


    श्रमदान भनेर हर्केले गरेको, हजार हजारको नोट खाममा हालेर कसले दिएको छ ? बुढासुब्बा क्याटरिङले फ्रिमा खुवाएको छ भनेको छ । आज बाउले छोरालाई त सधैं त्यत्तिकै भात खुवाउन सक्दैन्, जातीय द्धन्द्ध र धार्मिक द्धन्द्ध मिसाउने पैसा खर्च हुँदैछ । त्यो अपारदर्शी पैसा ।’


    नेता बस्नेतले धरानमा धार्मिक सहिष्णुता कायम गर्न सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले भने, ‘आज धरानमा एकातिर हिन्दुवादीहरु गेरु वस्त्र लगाएर जुलुश निकाल्ने र अर्कोतिर हर्केहरु धरानमा भएका ७० वटा चर्चबाट तीन÷तीन सय मान्छे निकालेर २१ ह्जार मान्छेको जुलुश निकाल्ने, यो सबै कुराको सूचना हामीले प्राप्त गरेका छौं ।

    त्यसैले भारतलाई कमजोर बनाउने, चाईनलाई कमजोर बनाउन अथवा क–कसलाई कमजोर बनाउन हो ? आज कोशी प्रदेश बफर जोनको इपिसेन्टर रुपमा प्रयोग हुन खोज्दैछ । 

    हामी सावधान हुनुपर्ने छ । नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको स्पष्ट पारे । उनले झापाको अर्जुनधारा नगर कमिटीको युवा संघको कार्यक्रमलाई गलत ढंगले नबुझ्न अनुरोध गरे । उनले भने,‘झापाको अर्जुनधाराको नगर अधिवेशन पूर्वर्निाधिरत कार्यक्रम हो । दुर्गा प्रसाई र पहिचानवादीले थ्रेट दिएका कुरा बाहिर आएका थिए, दुर्गा प्रसाईजस्ता अराजक र अपराधिक व्यक्तिको पछि लागेर कोही पनि पीडितहरु उचालिनुहुँदैन् ।

    अर्जुनधारानजिकै एउटा चोकमा ५०/६० जना भेला भएका थिए । हाम्रो कार्यक्रम निकै सभ्य र भव्य रूपमा सम्पन्न भयो । म भाषण गर्दैगर्दा कडा ढंगले प्रस्तुतु हुनुपर्ने परिवेश थियो ।’ उनले आफूहरुले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा धुप बालेर बस्ने कुरा नहुने टिप्पणी गरे । 


    उनले झापामा आफूहरुको कार्यक्रम विथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईका समथर्कहरु मिलेर आएको दाबी गरे । उनले भने,‘पहिचानवादी साथीहरु र दुर्गा प्रसाईसँग रहेका साथीहरु मिलेर आउनुभएको छ। उनीहरु एक ठाउँमा छन् । के हामीलाई प्रतिरोधमा जान बाध्यता बनाएको हो त ? के हामीसँग प्रतिरोध नै खोजेको हो त ? युवा संघ  झापाले पहिचानवादी र दुर्गा प्रसाईका कार्यक्रम गर्न नदिने भनेको छ ।

    एमाले र युवा संघ सैद्धान्तिक रुपमा ठीक ठाउँमा छ । एमालेका कार्यकर्ता सशक्त छन् । त्यही भएर यिनीहरुको प्रहार हामीमाथि भएको छ । अराजक व्यक्तिलाई कानूनी कारबाहीमा ल्याउनुपर्छ ।

     

    राज्यले अराजकतालाई प्रश्रय दिने काम गर्यो भने हामी प्रतिरोध गर्न बाध्य हुन्छौं । मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज गर्ने ? दुर्गा प्रसाईंले हामीलाई हिजो एमालेमा पसेर झुक्यायो । अहिले समानान्तर अदालत र सरकार चलाउन खोजेको छ। एमालेलाई प्रतिरोध र प्रतिकार गर्न बाध्य बनाईयो भने उनीहरुलाई क्षति हुन्छ ।

    अहिले झापाको कार्यक्रममा हाम्रा सवारीसाधन तोडफोड हुँदा राजावादीहरु रमाउने छन् । मरेको भूत च्यापेर रमाउनेहरुलाई आवश्यकत्ताअनुसार उचित जवाफ दिन एमाले तयार छ । यसमा द्धिविधा राख्नुपर्दैन् ।’


    सो क्रममा उनले आज मूलधारका मिडियाले प्रयोग गर्ने भाषा रवि लामिछानेले विगतमा प्रयोग गर्ने खालको भाषा रहेको आरोप लगाए ।

    उनले भने–‘मूलधारका मिडियामा आज प्रयोग गर्ने भाषा सुन्ने हो भने, रवि लामिछनेको भाषा प्रयोग हुन थालेको छ। रवि लामिछाने हिजो मिडियाकर्मी हुँदा जस्ता भाषा प्रयोग गर्थे, जुन ढंगले समानान्तर राज्य चलाउँथे । टिभीका अनेक कार्यक्रमहरुमार्फत आर्थिकदेखि अनेकखालका बार्गेनिङहरु जुन ढंगले गर्थे ।

     

    मूलाधारका मिडियाका भाषा यसो कहिलेकाहीँ परिवारसँग बसेर हेरियो भने हेर्ने कि नहेर्ने भनेर बन्द गर्नुपर्ने अवस्था छ । आज सामाजिक सञ्जाल फोहोरी बनाईँदैछ । अपराधीलाई पनि पूरै सेलिब्रेटी बन्नुपरेको छ । नेतामाथि खुकुरी प्रहार हुन्छ, अनि त्यो खुकुरी प्रहार गर्ने अपराधी इन्टरभ्यु दिन्छ, अनि खुलममखुला च्यालेन्ज गर्दै हिँड्छन् ।’


    उनले संविधान र कानूनविरोधीहरुलाई राज्यको तर्फबाट कानूनी दायरामा ल्याउन सरकारलाई भन्ने र सरकारले ती अराजकहरुलाई कानूनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिए । उनले थपे–‘हामीमाथि भौतिक आक्रमण हुने, बन्दुक तेर्साउने स्थिति बन्यो भने हामी प्रतिकार गर्न बाध्य हुन्छौं ।

     

    आज पहिचानवादी र दुर्गा प्रसाईं आएका छन्, त्यसमा राष्ट्रिय युवा संघ नेपाल सचेत छ । दुर्गा प्रसाईलाई बनको बाघले होईन, मनको बाघले खाएको हो । कालो मोसो दल्ने हाम्रो पोलिसी छैन् । दुर्गा प्रसाई अपराधिक क्षेत्रको सेलिब्रेटी नै हो । दुर्गा प्रसाईका मान्छे खुला रुपमा गाडी फाुडन्सक्ने त लाग्दैनन् ।

     

    कोही नभएको ठाउँमा कायरता ढंगले गाडी तोडफोड गरिएको छ । हामीले राम्रो काम गर्दा गर्दै पहिचानवादी र दुर्गा प्रसाईको नाममा बाटो ढुकेर आक्रमण हुन्छ भने युवा संघ र एमालेले त बाटो पन्छाउनुपर्ने हुन्छ नि ।’


    उनले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्शा जारी भएको स्मरण गराउँदै आज त्यो चुच्चे नक्शा वर्तमान सरकारले भाँचेको आरोप लगाए । उनले भने,‘हामी मित्र शक्तिसँगको सम्बन्ध सुमधुर बनाउन चाहन्छौं । नाकाबन्दी हुँदा हामी बोल्यौं । चुच्चे नक्शा एमालेले भाँचेको होईन ।

    अहिले भारतीय प्रधानमन्त्री मोदीजी विवादित जग्गामा आइरहँदा सरकारले त्यो विषय गम्भीरताकासाथ उठाउनुपर्छ । जब प्रचण्डले भारतको महाकालेश्वरमा गेरुवस्त्र धारण गरेर दर्शन गरे त्यसपछि नेपालमा दुःखका दिन सुरु भएको जस्तो लाग्छ ।’


    सो अवसरमा राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले युवा संघले नेपालको राजनीतिलाई नयाँ दिशामा लैजानेगरि आफ्नो देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पारे ।

     

    उनले भने,‘आज युवा संघले नेपालको अबको राजनीतिलाई, यसको ट्रेण्ड र आन्दोलनलाई नयाँ बाटोबाट अगाडि बढाउनुपर्छ भनेर एउटा अभियान र आन्दोलनको नेतृत्व गरिरहेको छ । राजनीतिलाई वैज्ञानिक बनाउनुपर्छ, हाम्रा गतिविधि रचनात्मक र सिर्जनात्मक हुनुपर्छ भनेर लागिपरेको छ । अहिलेको राजनीतिलाई बदल्नुपर्छ र नयाँ नेपालको निर्माण गर्नुपर्छ भनेर युवा संघ अघि बढिरहेको छ ।’


    नेपाली जनताको ठूलो त्याग र बलिदानको कारण देशले नयाँ संविधान पाएको स्मरण गराउँदै अध्यक्ष थेबेले अब जनतालाई परिवर्तनको आभाष दिलाउन आफूहरु लागिपरेको विश्वास दिलाए । उनले भने,‘देशले नयाँ संविधान पाएको छ ।

    संविधान कार्यान्वयन हुँदै यो अवस्थामा आईपुग्दा, गणतन्त्र आईसकेपछि नेपाली जनताले अनुभूति गर्ने कुरा फरक हुनुपर्छ कि पर्दैन् ? जनताले आमूल परिवर्तनको अनुभूति गर्न पाएका छैनन् कि भन्ने हामीलाई लागेको छ, यही सन्दर्भमा हामीले नयाँ शिराबाट आन्दोलन अघि बढाउन लागिरहेका छौं । युवा संघ नेपाल अहिले विशिष्ट अभियानमा छ । हामी अहिले ‘मिसन नेक्सट इलेक्शन, टार्गेट न्यू जेनेरशन’मा छौं । अभियानकै क्रममा हामीले देशभरि संघको प्रदेश, जिल्ला र नगर अधिवेशन गरेका छौं । संगठन निर्माणमा युवा संघ नयाँ उचाईका साथ अघि बढिरहेको छ । संगठनको मूल मन्त्र नै सामाजिक न्याय हो । यसलाई ध्यानमा दिईएको छ ।’


    उनले नेपालको लोकतन्त्र, संविधान, आन्दोलनको बलामा प्राप्त विभिन्न उपलब्धिको रक्षा, नयाँ नेपालको निर्माण र अर्थतन्त्र सुदृढीकरणको लागि युवा संघले आफूलाई अग्रभागमा राखेको स्पष्ट पारे । उनले भने,‘समाजवादको यात्रालाई अघि बढाउनको लागि हाम्रो संगठनले विभिन्न आरोह–अवरोह पार गरेको छ । विभिन्न बाधा अड्चनलाई सम्याउँदै युवा संघ अघि बढिरहेको छ । देशमा एमाले विकल्पको शक्ति हो । देशकै मियो शक्तिको रुपमा उभिएको छ । उपलब्धि रक्षाको लागि सधैं सत्तिशालझैं उभिएको छ । हामी अराजकता र भ्रष्टाचारको विरुद्धमा उभिएका छौं । अराजकतालाई पराजित गरेरै छाड्छौं । समाजमा अहिले नकारात्मक कुरा हाबी भएको छ । यो दुःखद् अवस्था हो । राष्ट्र, राष्ट्रियता र सुशासनको पक्षमा एक हुनुपर्छ ।’


    उनले शान्तिपूर्ण राजनीतकि यात्रा र अभियानमा अवरोध हुन्छ भने आफूहरुलाई सह्य नहुने चेतावनी दिए । उनले भने,‘हाम गाडीहरु तोडिन्छ र फोडिन्छ भने, झापाको अर्जुनधारामा कार्यक्रम थियो । हामी संयमतताका साथ गएका थियौं । हामी थोरै हिँड्दा पनि ५÷६ सयको संख्या हुन्छ । हामी कार्यक्रमस्थल गयौं । कार्यक्रम राम्रो भयो । हामी एयरपोर्ट फर्कियौं । आज पहिचानको नाममा अराजकता गर्नेहरु र दुर्गा प्रसाईको अस्पतालको चमेना गृह चलाउनेले गाडी तोडफोड गरेको भन्ने सुन्नमा आएको छ ।’


    उनले आफूहरुले संगठनको अधिवेशन शान्तिपूर्ण रुपमा गर्दा कसरी अपराध भयो ? भन्दै प्रश्न गरे । उनले भने,‘हाम्रो सोच र जाँगरलाई आरोप लगाउने गरिन्छ । हाम्रो संगठनले समाजमा अवसरवादीलाई हाबी हुन दिँदैन् । माफीयाको विरुद्धमा हुन्छ । दुर्गा प्रसाईको होटलको कार्यक्रममा हाम्रा युवा संघका साथीहरु पनि जानुभएको रहेछ, नेपालका होनाहार युवाहरुले कालोमोसो दले । जसले दलेपनि हामी धन्यवाद दिन्छौं ।’


    उनले गणतन्त्रको लागि धेरै व्यक्तिहरु सहिद भएको उल्लेख गर्दै अहिले राजतन्त्र फेरि फर्काउँछौं भन्न पाईन्छ ? भन्दै प्रश्न गरे । उनले भने,‘विखण्डनकारी कुरा गर्नेलाई हाम्रा युवाले सहँदैनन् ।

    कालो मोसो पनि आँफै दलेको हो भन्ने कुरा आएको छ । देशमा भएका सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र अनियमिताको विरुद्धमा युवा संघ अघि बढ्छ । युवाहरुको हकहित उठाउन सक्ने एकमात्र संगठन भनेको युवा संघ हो । एमाले राजनीतिको मियोमा छ । एमालेले कोशीमा विकल्प दियो । अहिले समाधान भयो ।’

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com