images
images

विभागद्वारा शनिवार २१ पसलमा अनुगमन : ८ ओटा पसललाई ३ लाख ५ हजार बराबरको जरिवाना

विभागद्वारा शनिवार २१ पसलमा अनुगमन : ८ ओटा पसललाई ३ लाख ५ हजार बराबरको जरिवाना

शनिवार, असोज २७ २०८०
शनिवार, असोज २७ २०८०
  • images
    images
    विभागद्वारा शनिवार २१ पसलमा अनुगमन : ८ ओटा पसललाई ३ लाख ५ हजार बराबरको जरिवाना

    काठमाडौँ / वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार २१ ओटा पसलमा अनुगमन गरेको छ । चाडपर्वको समयमा खाद्य, गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्नेलगायतका गुनासो बढेपछि विभागले शनिबार पनि अनुगमन गरेको हो । उक्त अनुगमनमा ८ ओटा पसल कारवाहीस्वरुप विभागले ३ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरिएको जनाएको छ । 

    images
    images

    यस्तै २ वटा पसलसँग थप कागजात माग गरिएको छ भने ११ वटा पसललाई सामान्य निर्देशन दिइएको छ ।  

    आसन्न चाडपर्वमा खाद्य र गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने केही व्यवसायी फर्म, कम्पनी, व्यक्तिको कारोबार स्थल, उत्पादन स्थल र गोदाम स्थलमा निगरानी तथा अनुगमनका  लागि परिचालित बजार निरीक्षण अधिकृतहरूले २१ वटा पसलमा अनुगमन सो मात्रामा कारबाहीमा परेका हुन् । 

    बजार अनुगमनका क्रममा बौद्धको खाद्य सामग्री पसलमा मूल्यसूची, दर्ता प्रमाणपत्र नराखेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

    यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा पनि मूल्य सूची नराखेको, दर्ता प्रमाणपत्र नराखेको र अनुगमन गर्न सहयोग नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । 

    मध्यपुर ठिमीकै अर्को पसलमा रिलेबलिङ गरेको, परिणाम, मूल्य र नापतौलमा हेरफेर गरेका कारण २० हजार जरिवाना गरिएको छ । मध्यपुर ठिमीको एक फलफूल पसल र ललितपुरको चाकुपाटमा रहेको खाद्यवस्तु पसलमा अनुगमनका लागि असहयोग गरेका कारण पाँच÷पाँच हजार रुपैयाँ जरिवाना  गरिएको विभागले जानकारी दिएको छ ।

    त्यस्तै, चाकुपाटकै अर्को खाद्यवस्तु पसलमा खरिद बिल बिजक नराखेको कारण २० हजार  र कुपन्डोलमा पनि बिलबिजक नराखिएको एक पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । 

    कपन र थापा गाउँमा गरिएको बजार अनुगमनका क्रममा दुई पसलसँग थप कागजात मागिएको विभागले जनाएको छ । पेप्सिकोला, मध्यपुर ठिमी, चाकुपाट लगायतका अन्य स्थानमा बजार अनुगमनका क्रममा पसलहरूलाई सामान्य निर्देशन दिइएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार