images
images

लगानी बोर्डले अरुण तेश्रो जलविद्युत परियोजनाको समस्या मन्त्रिपरिषद्मा सिफारिस गर्ने

लगानी बोर्डले अरुण तेश्रो जलविद्युत परियोजनाको समस्या मन्त्रिपरिषद्मा सिफारिस गर्ने

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • images
    images
    लगानी बोर्डले अरुण तेश्रो जलविद्युत परियोजनाको समस्या मन्त्रिपरिषद्मा सिफारिस गर्ने

    काठमाडौँ / लगानी बोर्डले अरुण तेस्रो जलविद्युत परियोजनाको प्रवेश मार्ग छ्याङ्‍कुटी-दिदिङ्ग (०-२४ किमि) सडक खण्डको समस्या मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । 

    images
    images

    प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मङ्गलबार सम्पन्न बोर्डको ५६औँ बैठकले संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको सडक खण्डको समस्या समाधान गर्ने निर्णय गरेको हो।

    विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको छ । हालसम्म परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फ १५.४६ प्रतिशत रहेको छ।

    साथै बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधिहरू तथा बैठकको निर्णयहरूको कार्यान्वयन अवस्था र ५६औँ बोर्ड बैठकका कार्यसूचीबारे जानकारी दिए । त्यस्तै, उनले परियोजना विकास सम्झौताका करारीय दायित्व पूरा गर्न सरकारको सिंगो संयन्त्रले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखे । 

    बैठकमा प्रधानमन्त्री प्रचण्डले अरुण तेश्रो जलविद्युत परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको विदेशी लगानीको परियोजना भएकाले यसको सहज र सफल कार्यान्वयन तथा प्रभावकारी सहजीकरणले विदेशी लगानीको अनुकुल वातावरण रहेको सन्देश प्रवाहित हुने भएकाले परियोजना समयमा सम्पन्न गर्न आवश्यक सहजीकणका लागि सम्बन्धित निकायहरूले प्रभावकारी समन्वयसहित चुस्त ढङ्गले काम गर्न निर्देशन र्दिए ।

    बोर्ड बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, निजी क्षेत्रका विज्ञ सदस्यहरू भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार