images
images

दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत २८ गतेदेखि भृकुटिमण्डपमा सुरु हुने, केके छन् विशेषता ?

दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत २८ गतेदेखि भृकुटिमण्डपमा सुरु हुने, केके छन् विशेषता ?

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत २८ गतेदेखि भृकुटिमण्डपमा सुरु हुने, केके छन् विशेषता ?
    images
    images
    images
    images

    काठमाडौँ / दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो यही चैत २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । एक्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ। साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ ।

    मेलामा ७० वटा व्यवसायिक स्टल, ३ वटा फुड स्टल, ८ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल समेत जम्मा ८६ वटा स्टल रहने आयोजकले जनाएको छ। 

    नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पुर्णको लागि यस मेला बृहत साझा मञ्च हुने मेलाका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमले बताए । 

    उनले भने, “मेलामा कम्तीमा ५१ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै १ करोड २५ लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेका छौँ ।”

    मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय रुपैयाँ र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ । 

    संस्थाले नर्सरी व्यवसायीहरूको क्षमता विकासका लागि स्वयं प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।

    प्रतिस्पर्धाको मूल्याङ्कन गर्न कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा ३ सदस्यीय मूल्याङ्कन समिति समेत गठन गरेको व्यहोरा अवगत गराउँदछौँ । 

    यस एक्स्पोको अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसाय गरि यस क्षेत्रको विकासमा टेवा पुर्याउनु हुने पुराना व्यवसायीहरु मध्यबाट एक जनालाई ‘दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान’द्वारा सम्मान गरिने छ साथै नर्सरीसँग सम्बन्धित वस्तु स्वदेश मै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरित गर्न नर्सरी व्यवसायी मध्यबाट १ जनालाई ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’द्वारा सम्मान गरिने संयोजक गौतमले बताए।

    साथै नेपालको कृषि क्षेत्रको उन्नयनको लागि कलम चलाइ कृषकको आवाज बुलन्द गर्न क्रियाशिल कृषि सञ्चार कर्मीहरूमध्य २ जनालाई दोसल्ला, नगद तथा प्रमाणपत्र द्वारा उ‌द्घाटन समारोहका प्रमुख अतिथीज्यूबाट सम्मान गरिने कार्यक्रम रहेको छ ।

    “संस्थाको यस कदमबाट कृषि र कृषकको लागि निश्वार्थ योगदान गर्नु हुने संचार क्षेत्रसँगको सहकार्य तथा सहयात्रामा अझ प्रगाढता हुने अपेक्षा गरेका छौँ” संयोजक गौतमले भने । 

    नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुने  दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ को सह–आयोजक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ भने सहयोगी सस्था ए.जि.ए एग्रो कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रीकल्चर, ग्रिस्मा नर्सरी, सृजना एग्रीकल्चर प्रा.लि. र ए.बिटि मोटर्स साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा.लि. र एभरेष्ट फ्लोरिकल्बर एण्ड भेजिटेवल फार्म रहेको छ । 

    मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभि रुचि राख्ने अझ भन्ने हो भने समय कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई एकपटक उत्साहित र झकृत गर्ने विश्वास रहेको आयोजकले जनाएको छ।

    नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार प्रबर्द्धन गरी देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरुको हक हित र व्यवसायिक क्षमताको अभिवृद्धि गरी व्यवस्थित बनाउने उद्देश्यले २०८० असोज १५ गते नर्सरी व्यवसायी संघ औपचारिक रूपमा स्थापना भएको हो । 

    संघले ३ वटा एक्स्पो सम्पन्न गरिसकेको छ भने नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्यक्रम जस्ता सामाजिक काममा समेत योगदान पुर्याएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com