images
images

कृषि मन्त्री भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूतबीच भेट, के भयो कुराकानी ?

कृषि मन्त्री भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूतबीच भेट, के भयो कुराकानी ?

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • कृषि मन्त्री भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत हृयुरो जेभियर गोबीबीच शिष्टचार भेटघाट भएको हो । मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत गोबीबीच भेटघाट भएको हो । भेटमा मन्त्री भुसालले नेपाल र अर्जेन्टिना बीचको सम्बन्ध सद्भाव, मित्रता र आपसी समझदारीमा आधारित रहेको स्मरण गरे । “आजको भेटले दुई देशबीचको द्धिपक्षीय सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने ठूलो अवसर रहेको छ”, मन्त्री भुसालले भेटमा भने ।

    मन्त्री भुसालले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले अर्जेन्टिनाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुनेमा चर्चा गरे । नेपालको बाजुरामा जैतुन खेती रहेको बताउँदै यसमा सहकार्य गर्न सकिनेमा उनले जोड दिएका थिए ।

    भेटमा गैरआवसीय राजदूत गोबीले कृषिमा दुवै देशको परिवेश मिल्ने बताउँदै व्यवसायिक रूपमा सहकार्य गर्न सकिनेमा जोड दिए । विशेष गरी नेपालको डेरी क्षेत्र, खाद्य सुरक्षा क्षेत्र, जैतुन उत्पादन र प्रशोधनमा सहयोग गर्न सकिनेमा उनले विश्वास दिलाए । साथै आगामी दिनमा आपसी समन्वयबाट अरु थप कार्य अगाडि बढाउन सकिनेमा जोड दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार