images
images

निक्षेपसँगै बढ्न थाल्यो लगानी, कर्जा प्रवाहमा सुधार देखिएको हो ?

निक्षेपसँगै बढ्न थाल्यो लगानी, कर्जा प्रवाहमा सुधार देखिएको हो ?

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • images
    images
    निक्षेपसँगै बढ्न थाल्यो लगानी, कर्जा प्रवाहमा सुधार देखिएको हो ?

    काठमाडौँ / ब्याजदरमा आएको कमीसँगै बैङ्कहरूको कर्जा प्रवाहमा सुधार आएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार पछिल्लो समय वस्तुको आयात, घरजग्गा र सेयरमा जाने कर्जा प्रवाहमा सुधार देखिएको हो । साउन र भदौ महिनामा मात्रै बैङ्क तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा प्रवाह गर्ने कर्जा ३३ अर्ब ६० करोडले बढेको तथ्याङ्कमा उल्लेख छ । 

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २४ अर्ब १३ करोडले बढेको थियो । जसमध्ये आयात कर्जा १२.७ प्रतिशतले, रियल स्टेट कर्जा १.५ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १.८ प्रतिशतले बढेका छन् । 

    कृषि क्षेत्रमा प्रवाह हुने कर्जा भने १.२ प्रतिशत ले घटेको छ । भदौमा बैंक तथा वित्तीय संस्थाहरूले ४९ खर्ब १२ अर्ब रुपैयाँ लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।  अघिल्लो महिना १६ अर्ब रुपैयाँले घट्दै बैंक तथा वित्तीय संस्थाहरूले कूल ४८ खर्ब ६२ अर्ब रुपैयाँ लगानी गरेका थिए । अर्थतन्त्रमा मन्दी देखिएसँगै केही समय यता  बैंक तथा वित्तीय संस्थाहरूमा ५ खर्ब भन्दा बढी तरलता थुप्रिन पुगेको थियो । 

    केन्द्रीय बैंकका अनुसार यस अवधिमा १ खर्ब ३२ अर्बले बढ्दै बैंकहरुको कूल निक्षेप ५७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।  अघिल्लो महिना अर्थात् साउनमा यस्तो निक्षेप १ खर्ब ५९ अर्बले घट्दै ५६ खर्ब १२ अर्ब रुपैयाँ संकलन भएको थियो । 

    निक्षेप सङ्कलनसँगै कर्जा लगानी समेत बढ्नुले बिस्तारै कर्जामा सुधार हुने सङ्केत देखिएको राष्ट्र बैङ्कले जनाएको छ । यद्यपि विशेषगरी खालका घरजग्गा कारोबारमा लगानी बढे पनि कर्जा प्रवाहमा देखिएको सामान्य सुधारमा आफुहरू सन्तुष्ट नरहेको बैंकरहरू बताउँछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार