images
images

सिबिफिनद्वारा एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधनमा दुःख व्यक्त

सिबिफिनद्वारा एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधनमा दुःख व्यक्त

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • सिबिफिनद्वारा एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधनमा दुःख व्यक्त

    काठमाडौँ / बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनमा दुःख व्यक्त गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सिबिफिनले श्रेष्ठको ९४ वर्षको उमेरमा कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारको क्रममा भएको अकल्पनीय एवं दुःखद निधनले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ । 

    images
    images

    “कुशल नेतृत्व क्षमता, नविन एवं दुरदर्शी सोचहरुलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आउनुभएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंकको रूपमा स्थापित हुन सफल भएको छ । भारतीय पञ्जाव नेशनल बैंकलाई ज्वाइन भेञ्चरको रूपमा नेपालमा प्रथमपटक सफलपूर्वक भित्र्याउनु भएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइँ समेत प्रदान गरेको छ” विज्ञप्तिमा उल्लेख छ ।

    नेपालको बैंकिङ क्षेत्रमा श्रेष्ठले पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्ने सिबिफिनले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “उहाँका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौँ । जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशिल रहनुभएका श्रेष्ठका उदाहरणीय कार्यहरू हामी सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने छन् ।”  

    “यस दुःखद घडिमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । अभिभावकत्व गुमाई दुःखद क्षणमा रहनुभएका परिवार, आफन्त र एभरेष्ट बैंक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ” सिबिफिनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार