images
images

टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा, सन्दिपसहित कोको परे टिममा ?

टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा, सन्दिपसहित कोको परे टिममा ?

शनिवार, कार्तिक ११ २०८०
शनिवार, कार्तिक ११ २०८०
  • टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा, सन्दिपसहित कोको परे टिममा ?

    काठमाडौँ / नेपाल क्रिकेट सङ्घ (क्यान)ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको छ । आगामी कात्तिक १३ गतेदेखि सुरु हुने आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको हो । 

    images
    images

    रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा सन्दिप लामिछानेसहित कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।

    सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी-२० सिरिज नखेले पनि विश्वकप छनोट खेल भने खेल्ने भएका छन्। एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुर र मुलपानीमा हुनेछ।

    ८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ। समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छ। समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुने बताइएको छ।  

    t-20 cricket.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार