images
images

अर्थतन्त्रमा सुधार देखिन थाल्यो तर सामाजिक सञ्जालबाट नकारात्मक कुरा फैलिनु चिन्ताजनक : ढकाल

अर्थतन्त्रमा सुधार देखिन थाल्यो तर सामाजिक सञ्जालबाट नकारात्मक कुरा फैलिनु चिन्ताजनक : ढकाल

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • images
    images
    अर्थतन्त्रमा सुधार देखिन थाल्यो तर सामाजिक सञ्जालबाट नकारात्मक कुरा फैलिनु चिन्ताजनक : ढकाल

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महास‍ङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्रमा सुधार आउँदै गरेको उल्लेख गरेका छन् । नेपाल जनसम्पर्क समिति लन्डनले बेलायतमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधारसँगै लगानीको वातावरणमा समेत सुधार आएको बताएका हुन् । 

    images
    images

    विश्वव्यापी सङ्कटको असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्य रूपमा रेमिट्यान्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैङ्किङ क्षेत्रमा लगानीयोग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको उनले उल्लेख गरेका हुन् । 

    मुलुकको अर्थतन्त्रका बारेमा सामाजिक सञ्जालमार्फत नकारात्मक कुरा फैलिइरहेको भन्दै उनले चिन्तासमेत जनाए। ढकालले यस्ता नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानीका अवसरलाई छोप्न विदेशमा रहेका नेपाली समुदायलाई आग्रह गरे। लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरैअवसरको सम्भावना रहेको र त्यसबाट फाइदा उठाउन उनले आग्रह गरे । 

    “नेपालको अर्थतन्त्रमा क्रमिक सुधार आइरहेको छ,” उनले भने, “अब नेपालभित्र रहेका लगानीयोग्य विभिन्न परियोजना पहिचान गरी लगानी गरेर आफ्नो नाफा र मुलुकको समृद्धि हासिल गर्न ढिलाइ गर्न हुँदैन ।” अध्यक्ष ढकालले नेपालको जलविद्युत् र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेको भनाइ राखे । 

    बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबुलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनुपर्ने कारण नरहेको भन्दै बेलायतमा रहेका गैरआवासीय नेपालीलाई आश्वस्त पारे । 

    सातै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसनसहितका केबुलकार परियोजना अघि बढाएको उल्लेख गर्दै अध्यक्ष ढकालले आफू जन्मेहुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवासीय नेपालीलाई आग्रह गरे । 

    कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा र कर्णाली चिसापानीको जालपादेवी केबुलकार परियोजना निर्माणको चरणमा प्रवेश गर्न थालिसकेकाले लगानीको अवसर हातमै आइपुगेको पनि अध्यक्ष ढकालले जानकारी गराए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार