images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढ्दा युरोदेखि जापानिज येनसम्म सस्तियो

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढ्दा युरोदेखि जापानिज येनसम्म सस्तियो

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढ्दा युरोदेखि जापानिज येनसम्म सस्तियो

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढेको छ । यसअघि एकको खरिदमा १३२ रुपैयाँ ९१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५१ पैसा रहेको अमेरिकी डलर आज बढेर खरिदमा १३२ रुपैयाँ ९७ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५७ पैसा पुगेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ३६ पैसा रहेकोमा आज घटेर खरिदमा १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८० पैसामा झरेको छ । 

    यसैगरी युके पाउन्ड स्टर्लिङको भाउसमेत घटेको छ । यसअघि एकको खरिददर १६२ रुपैयाँ ५ पैसा र बिक्रीमा १६२ रुपैयाँ ७८ पैसा रहेको युके पाउन्ड स्टर्लिङ घटेर खरिदमा १६१ रुपैयाँ ३१ पैसा र बिक्रीमा १६२ रुपैयाँ ४ पैसा कायम भएको छ ।  

    स्वीस फ्र्याङ्क एकको खरिदमा १४७ रुपैयाँ ३७ पैसा र बिक्रीमा १४८ रुपैयाँ ३ पैसा रहेकोमा आज घटेर खरिदमा १४६ रुपैयाँ २८ पैसा र बिक्रीमा १४६ रुपैयाँ ९४ पैसा पर्नेछ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८५ रुपैयाँबाट घटेर खरिदमा ८४ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८४ रुपैयाँ ६९ पैसामा झरेको छ । 

    क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ६० पैसा रहेकोमा आज घटेर खरिदमा खरिदमा ९५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ९६ रुपैयाँ २२ पैसा पर्नेछ । 

    त्यस्तै, आज सिङ्गापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४६ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८ रुपैयाँ ८३ पैसा र चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ २५ पैसा तोकिएको छ

    साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५९ पैसा रहेकोमा आज सामान्य बढेर खरिदमा ३५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६० पैसा पर्नेछ । त्यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रुप्ैयाँ ६४ पैसा रहेको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार