images
images

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना : १ लाख रुपैयाँ जित्ने पहिलो बिजेताको नाम घोषणा

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना : १ लाख रुपैयाँ जित्ने पहिलो बिजेताको नाम घोषणा

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • images
    सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना : १ लाख रुपैयाँ जित्ने पहिलो बिजेताको नाम घोषणा

    काठमाडौँ / सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको प्रमुख चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको योजनामा १ लाख रुपैयाँ जित्ने बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले आफ्ना ग्राहकवर्गहरूसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको थियो । 

    images
    images

    उक्त योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँका साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई  जनही ५०० रुपैयाँको वालेट टपअफ र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ ।

    सोही योजना अनुरुप अहिलेसम्म  ३१०० जनाले ५०० रुपैयाँको वालेट टपअफ,  २० जना  सप्ताहिक  बिजेताहरूले जनही २५ हजार रुपैयाँ जित्ने सफल भइसकेका छन् । १ जना भाग्यशाली मासिक बिजेताले १ लाख जित्न सफल भएका छन्  । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले १ लाख जित्न सफल भएका हुुन् ।   

    कम्पनीका अनुसार यस ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ अफर असोज १५ देखि मङ्सिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार