images
images

पर्सामा आगलागी : १० महिनामा ६ करोड बराबरको सम्पत्ति आगोले खायो, वनक्षेत्र सुरक्षित

पर्सामा आगलागी : १० महिनामा ६ करोड बराबरको सम्पत्ति आगोले खायो, वनक्षेत्र सुरक्षित

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    पर्सामा आगलागी : १० महिनामा ६ करोड बराबरको सम्पत्ति आगोले खायो, वनक्षेत्र सुरक्षित

    वीरगञ्ज (पर्सा) / पर्सामा ग्रामीण कृषि क्षेत्रमा आगलागीका घटना घटे पनि वनजङ्गल भने अहिलेसम्म जोगिएको छ । नेपालका अधिकांश जिल्लामा वन डढेलो लागिरहेको बेला जिल्लाभित्र रहेका वनक्षेत्र सुरक्षित देखिएको हो ।

    images
    images

    डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले पर्सामा यो याममा ठूलो प्रकृतिको डढेलो नलागेको बताए । 

    “यो सिजनमा पर्सामा डढेलो लागेर वनजङ्गलमा काठ–दाउरामा ठूलो नोक्सानी भएको छैन तर कृषि उपज क्षेत्रमा भने आगलागीको समस्या देखिएको थियो”, उनले भने, “सुरुआती चरणदेखि वनजङ्गलमा हुन सक्ने डढेलोको विषयमा सतर्कता र सावधानी अपनाउन भनेकाले पनि अहिलेसम्म यहाँको वनमा आगलागी भएको छैन ।” 

    पर्सामा चालु आर्थिक वर्षको करिब १० महिनामा आगलागीले रु ६ करोड बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सा जिल्लामा चालु आवको वैशाख २१ गतेसम्म रु पाँच करोड ७२ लाख बराबरको धनसम्पत्ति नष्ट भएको हो । 

    पर्सामा गत वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा रु १२ लाख ८४ लाख बराबरको क्षति भएको थियो । 

    आगोले यहाँका १५ किसानको गहुँ, अन्नबाली, पराल, कुखुरा फर्म र फुसको घरलगायतमा क्षति पुर्याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।   

    गत वैशाख ११ गते वीरगञ्ज महानगरका–१७ का महेन्द्र सहनीको फुसको घरमा विद्युत्को तार ‘सट’ भएर सुरु भएको आगलागीले सोही ठाउँका सातजनाको फुसका घरसहित अन्नपात, सुनचाँदी र पशुचौपाया जल्दा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको थियो । 

    “अन्य जिल्लामा जस्तो पर्सामा वन क्षेत्रमा डढेलो लागेको छैन,” वन अधिकृत कर्णले भने । उनले जिल्लाका ६ वटा सबडिभिजन वन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि वनमा आगो लगाउने काम नभएको हुनसक्ने बताए । 

    “विगतमा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरीसिकारी गर्नेले आगो लगाएर चोरीसिकारी गर्ने प्रवृत्ति थियो,” उनले भने, “यसपाली सावधानी अपनाएकाले आगजनीको घटना हुन पाएको छैन तर अझै सावधानी र सतर्कता अपनाउन जरुरी देखिन्छ ।” 

    यद्यपि पर्साका एकाध वनमा डढेलो सुरु हुन खोजेपनि तुरुन्तै निभाइएका थिए । जिल्लामा ६ वटा सबडिभिजन वन कार्यालय छन् । पर्साको क्षेत्रफल एक लाख ४० हजार चार सय ३४ हेक्टर छ । 

    जसमध्ये आठ दशमलव २३ प्रतिशत वन क्षेत्रले ओगटेको छ । डिभिजन वन कार्यालय मातहत ११ हजार चार सय ५१ दशमलव २८ हेक्टर वन क्षेत्र पर्दछ । यो तथ्याङ्कमा निकुञ्ज क्षेत्र भने समावेश गरिएको छैन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार