images
images

राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै, १६ सयदेखि २ लाख ७६ हजार पर्ने

राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै, १६ सयदेखि २ लाख ७६ हजार पर्ने

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • images
    images
    राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै, १६ सयदेखि २ लाख ७६ हजार पर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ । बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेका हो। 

    images
    images

    महाशाखाले कात्तिक १९ देखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने जनाएको छ । एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्रामको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन्।

    यस्तै, महाशाखाका अनुसार ३० ग्राम ९०० टचको सार्क सिक्काको मूल्य २ लाख ७६ हजार ६६३ रुपैयाँ, १५ ग्रा ९०० टचको सार्क सिक्काको १ लाख ३८ हजार ३३२ रुपैयाँ रहेको छ ।

    यस्तै १० ग्राम सुनको असर्फीलाई १ लाख २ हजार ३६५ रुपैयाँ, ५ ग्राम सुनको असर्फीको ५१ हजार १८३ रुपैयाँ, २.५ ग्राम सुनको असर्फीको २५ हजार ५९२ रुपैयाँ रहेको छ ।

    राष्ट्र बैंकको अनुसार १० ग्राम चाँदीको लक्ष्मी/गणेश/गजलक्ष्मी/गाई मेडालियन र अन्य स्मारिका सिक्काको १ हजार ६०० रुपैयाँ र २५ ग्राम चाँदीको गाई मेडालियन र अन्य स्मारिका सिक्काको ४ हजार रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार