images
images

सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने

सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने

    काठमाडौँ / सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावितका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १० लाख सहयोग गर्ने घोषणा गरेको हो ।

    images
    images

    ‘शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) गहिरो दुःख व्यक्त गर्दछ’, सिबिफिनले विज्ञप्तीमा उल्लेख गरेको छ ।

    भूकम्पका घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनाका लागि १० लाख रुपैया आर्थिक सहयोग गर्ने सिबिफिनले विज्ञप्ती मार्फत जनाएको छ ।

    त्यस्तै प्रभावित क्षेत्रमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी आएको भन्दै सिबिफिनले राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्‍याउने मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

    ‘विनाशकारी भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाईतेहरुको शिघ्र स्वाथ्यलाभको हार्दिक कामना व्यक्त गर्दछौं । साथै, दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं’, सिबिफिनले विज्ञप्तीमा उल्लेख गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार