काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्ने भएको छ ।
इन्स्योरेन्सले नलगाड नगरपालिकालाई पाँच लाख बराबरको न्यानो कम्बल सहयोग गर्ने भएको हो ।
कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई पनि उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।