चर्चित समाचार
  • नेपाल टेलिकमले यी जिल्लाहरुमा नमूना जिल्ला बनाउने

    नेपाल टेलिकमले यी जिल्लाहरुमा नमूना जिल्ला बनाउने

    शनिवार, कार्तिक २५ २०८०
    शनिवार, कार्तिक २५ २०८०
  • नेपाल टेलिकमले यी जिल्लाहरुमा नमूना जिल्ला बनाउने

    काठमाडौं / नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागेको छ ।

    यस्ता जिल्लाका सबै बस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ । 

    देशका सबै जिल्लाहरुमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ । हाललाई पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोर्खा, दाङ्ग, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पा जिल्लामा कम्पनीले नमूना सेवा उपलब्ध गराउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

    हाल सेवाका दृष्टिबाट नमूनाका रुपमा कायम गरिन लागिएका जिल्लाहरुमा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्याण्डर्ड सेट्स (क्तबलमबचम क्भतक) तथा सेवाहरु ९क्भचखष्अभक० कायम हुनेगरी नेटवर्क स्थापित गरिने भनिएको छ ।

    यी स्थानहरुमा निरन्तर गुणस्तरीय सेवा उपलब्धताको लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रबिधि र नेटवर्क पूर्वाधार तय गरिनेछ । ती जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव वस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइबर  सेवा उपलब्ध गराइने छ । 

    तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजना समेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुनेछ । 
     
    नमूना जिल्लाहरुमा सेवाग्राहीले दूरसञ्चार सेवा खरिद गर्न, जडान तथा मर्मतसम्भार, महशुल भुक्तानी जस्ता सेवाहरु प्राप्त गर्न कम्पनीका कार्यालयमा उपस्थित नभईकन फोनबाट कलसेन्टरमार्फत सेवासम्बन्धी सबै कार्य गर्न सकिने व्यवस्था हुनेछ । 

    यसमा सेवासम्बन्धी कुनै गुनासो वा सिकायत रहेमा शीघ्र सम्बोधन गरी सेवा सञ्चालन गर्ने कार्य हुनेछ । 

    बिना अवरोध सेवा प्रवाहका लागि सरोकारवाला निकायहरु विद्युत प्राधिकरण, खानेपानी, सडक लगायतका निकायहरुसँगको आवश्यक समन्वयमा पूर्वाधार निर्माण र सेवा विस्तारका कार्यहरु सम्पन्न गरिनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार