images
images

सिजी नेटको अत्याधुनिक वाइफाइ-६ प्रविधिमा आधारित सेवा सञ्चालन, केके छन् विशेषता ?

सिजी नेटको अत्याधुनिक वाइफाइ-६ प्रविधिमा आधारित सेवा सञ्चालन, केके छन् विशेषता ?

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • सिजी नेटको अत्याधुनिक वाइफाइ-६ प्रविधिमा आधारित सेवा सञ्चालन, केके छन् विशेषता ?

    काठमाडौँ / सुलभ र गुणस्तरीय इन्टरनेट सेवा प्रदायक सिजिनेटले उच्च गतिको अत्याधुनिक वाइफाइ-६ उपकरणसहितको सेवा घोषणा गरेको छ । विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणाभन्दा बढी उच्च गतिका साथ एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्तालाई सुविधा दिन कम्पनीले अत्याधुनिक वाइफाइ-६ उपकरणसहितको सेवा घोषणा गरेको हो ।

    images
    images
    images
    images

    सुरक्षाको हिसाबले कम जोखिम र उच्च गतिको इन्टरनेट सेवा प्रवाह क्षमताका साथै अन्य थप आकर्षक विशेषता भएको यो प्रविधिले ग्राहकको सुरक्षित र उच्च गतिको इन्टरनेट चलाउने चाहनालाई सम्बोधन गर्ने जिकिर कम्पनीले गरेको छ । 

    सुलभ मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रदान गरिरहेको सिजीनेटले हाललाई यो प्रविधि र सेवा काठमाडौँ उपत्यका बाहिरका आफ्नो सेवा बिस्तार भएका स्थानहरूमा उपलब्ध गराइने जनाएको छ । 

    कम्पनीले आफ्ना विद्यमान ३५० एमविपीएस भन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमविपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा साउन ११ गतेसम्मको लागि निःशुल्क यो प्रविधि उपलब्ध गराउने घोषणा गरेको छ । 

    कम्पनीले बाँकी ग्राहकहरूको लागि ६६६ एमबिपिएस इन्टरनेटको बार्षिक १९ हजार ४४९ र ६६७ एमबिपिएस इन्टरनेट र आईपी टिभीको २३ हजार ७०१ तिरेर जडान गर्न सक्ने जनाएको छ । 
    आफ्ना आधुनिक इन्टरनेट प्रयोगकर्ताको उच्च मागलाई सम्बोधन गर्न यो सेवा सुरूवात गरेको जनाउदै यो प्रविधिले आफ्ना ग्राहक र नेपालीलाई विश्वव्यापी प्रविधिको अग्र भागमा पुर्याउने दावी सिजीनेटले गरेको छ ।

    न्युनतम् शुल्कमा उच्च गतिको भरपर्दो इन्टरनेट सेवा नेपालभरि बिस्तारको योजनामा रहेको यस सिजीनेट वाइफाइ–६को सुरुवातले ग्राहकको माग र सन्तुष्टि प्रति थप जिम्मेवार छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार