images
images

तीन विकास बैंकले गरे २६.३१३ प्रतिशत लाभांश घोषणा, कुन बैंकको कति ?

तीन विकास बैंकले गरे २६.३१३ प्रतिशत लाभांश घोषणा, कुन बैंकको कति ?

बुधवार, कार्तिक २९ २०८०
बुधवार, कार्तिक २९ २०८०
  • images
    images
    तीन विकास बैंकले गरे २६.३१३ प्रतिशत लाभांश घोषणा, कुन बैंकको कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०७९/८० का लागि हालसम्म तीन विकास बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हुन् ।

    images
    images

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० दशमलव ५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँ बराबरको नगद लाभांश छ ।

    मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ दशलमव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६३ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    यी बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले भने बुक क्लोज मिति तय गरी साधारण सभा समेत डाकिसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार