images
images

युरोपमा सिकेको सीपले नेपालमा २१ सय जनालाई जागिर दिलाएका लोकराज

युरोपमा सिकेको सीपले नेपालमा २१ सय जनालाई जागिर दिलाएका लोकराज

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • युरोपमा सिकेको सीपले नेपालमा २१ सय जनालाई जागिर दिलाएका लोकराज
    images
    images


    लोकराज शर्मा दुई दशकअघि जन्मगाउँ जुम्लाको सिंजा छाडेर काठमाडौं हुँदै विदेश पुग्दा आजको सपना देखेका थिएनन् ।  

    उनी भन्छन्, ‘उच्च शिक्षाका सिलसिलामा युरोप पुग्दा आज जुन स्थानमा छु, त्यो परिकल्पना गरेको थिइँन् । पहिलेका धेरै समस्या र कठिनाइहरु पार गर्दै, आइपर्ने समस्याहरु समाधान गर्दै, कठोर मेहेनत र आइपर्ने चुनौतिहरुलाई पार गर्दै यहाँसम्म आइपुगेको हुँ ।’ 

    कक्षा ८ सम्म जुम्लामै पढेका शर्मा ९ र १० पढ्ने समयमा मुलुकमा चर्को द्वन्द्व थियो । जुम्लामा रहँदा पढाइमा बाधा पर्छ कि भनेर काठमाडौं आएका थिए । जुम्लाको मान्छे काठमाडौंमा स्कूल भर्ना हुँदा थुप्रै समस्याहरु झेलेका छन् । पछि शान्ति शिक्षा स्कुलले जुम्लाको केटो भनेर भर्ना पनि लियो । 

    ‘पढाइ कमजोर थिएन् । त्यस बखत हाजिरी जवाफ प्रतियोगितामा प्रथम पटक विद्यालय मेरै कारणले सहभागिता जनायो । हामीले पुरस्कार जित्यौं । समय वित्दै गयो । विद्यालय शिक्षा पार गरेर उच्च शिक्षामा सिभिल इन्जिनियरिङको कोर्ष रोजें । तत्कालको कोर्ष पूरा गरेर त्यसपछि म विदेश गएँ ।’ 

    उनले सझिए ‘त्यहाँको बिजनेश स्कुलमा पढ्दापढ्दै टप गरें । स्कलरसिपमा इन्टरनेशनल बिजनेश स्कुल पढ्न पाएँ । सबै  विषयहरुमा उत्कृष्ट अंकहरु ल्याएकाले स्टडी कोचका रुपमा काम गर्ने अवसर मिल्यो । काम गर्दै पढ्न थालें । 

    पढ्दापढ्दै पढाउन पनि थालें । डेनमार्कबाट स्नाकोत्तर पूरा गरेको हुँ । अहिले पनि विद्यार्थी नै छु  । इटालीबाट पिएचडी गरिरहेको छु ।’

    डेनमार्कमा मेरो पहिलो प्राथमिकता पढाइ नै थियो । त्यसकारण उत्कृष्ट नम्बरहरु पनि आयो र आर्थिक रुपमा सर्पोट पनि भयो ।  र केही पैसा कलेजबाट पनि आउन थाल्यो । सबै कुरा ठिक हुँदै थियो । अलिअलि पैसा जम्मा हुन थालेकाले विस्तारै मैले पढाईसँगै बिजनेश सुरु गरेको उनले बताए ‘पढाइ चल्दै नै थियो बिजनेश सुरु गरिसकेको थिएँ । सन् २००८ तिर नै साना स्तरको व्यवसाय आफ्नो नाममा दर्ता गरें । विस्तारै आइटीमा व्यवसाय तिर पनिसुरु गरें । व्यवसायसँगै कलेजमा पढाउने काम पनि गर्थें । र आफू पनि पढ्थे । यसरी तीन चारवटा कामहरु लगातार चलि नै रहन्थ्यो । कहिले १७–१८ घण्टासम्म खटेर काम गरिरहेको छु । निरन्तरको संघर्ष र मेहेनतले म विस्तारै यसरी आर्थिक र शैक्षिक हिसावले स्थापित हुँदै गएँ ।’ 

    आर्थिक र शैक्षिक रुपमा सक्षम हुँदै गए । जीवनमा पछिसम्म सम्झने काम गर्ने इच्छाहरु पलाउन थाले । एक बारको जीवनमा दुःख देखेर र भोगेको व्यक्ति भएकाले केही न केही गर्नुपर्छ भन्ने सोच उनले लिए ।  

    त्यो पनि आफू जन्मेकै ठाउँमा गरौैं भन्ने लागिरहन्थ्यो । त्यही भएर विदेशमै बसेर पनि नेपालमा हामीले विभिन्न क्षेत्रमा सामूहिक लगानीमा केही काम गरेका थियौं । तर त्यो सामूहिक लगानी प्रतिफलमूखी भएन । विदेशमा बसेर नेपालमा सामुहिक लगानी गर्दा राम्रोसँग काम हुन सकेन्, उनले सुनाए । 

    नेपालमा लगानी, इजि मार्टबाट

    नेपालमा बिगमार्ट खुल्नुअघि नै हामीले इजी मार्ट सुरु गरेका थियौं । तर धेरै समस्याहरु भोग्यौं । र सफल पनि भएनौं । विदेशमा बसेर यहाँ मोनिटरिङ हुन सकेन । 

    त्यसपछि नेपालमै बसेर केही काम गरौं भन्ने सोच बनिरहँदा डेनमार्ककै एउटा कम्पनीमा डाइरेक्टरका रुपमा काम गर्ने अवसर मिल्यो । त्यहाँ राम्रा मान्छेहरु हुनुहुन्थ्यो । जहाँ राम्रा राम्रा कुराहरु सिक्ने अवसर मिल्यो । 

    मेरो आइटी व्यवसाय भएका कारणले विभिन्न आइटी व्यवसायीहरुसँग समन्वय हुन थाल्यो । धेरै ठाउँका राम्रा आइटी र फाइनान्ससँग सम्बन्धित व्यक्तिहरुसँग सहकार्य गर्न पाएँ । जसमा आइटीकै  प्रयोगबाट सिर्जनात्मक कामहरु गर्ने सहयोग मिल्यो । जस कारणले  गर्दा नेपालमै बिजनेश गर्ने वातावरण सिर्जना भयो ।

    करिब २१ सय जनालाई रोजगारी

    यतिबेला नेपालमा आफैंले स्थापना गरेका कम्पनीहरुमा लगभग २१ सय जनाले  रोजगारी पाएका छन् । तर केही कम्पनी विक्री भएकाले रोजगारी गर्नेको संख्या केही कम भएको होला । गृह जिल्लालाई जोड्नका लागि लघुवित्तले ठूलो सहयोगीको भूमिका खेलेको छ । मलाई  धेरैले माइक्रो फाइनान्सकै माध्यमबाट चिन्ने गरेका छन् ।

    अन्यतिर पनि लगानी बढाएको छु । गृह जिल्लासँगको सम्बन्ध जोड्ने काम एक लघुवित्त र अर्को काठ उद्योग हो । त्यसअघि मैंले त्यहाँ बच्चा हुँदा नै युवा क्लव खडा गरेको थिएँ । त्यसले समाजसेवा गर्न अवसर सिर्जना गरायो । 

    ६–७ कक्षा पढ्दादेखि नै खडा गरेको युवा क्लवमा अंकल साइनो लाएर बोलाउनुपर्ने व्यक्तिहरु सदस्य बस्नुभयो । धेरै उमेर ग्याप भएकाले म निर्माता र अन्य एकजनालाई अध्यक्ष राखेको थियौं । उहाँ क्षमतावान नै हुनुहुन्थ्यो । क्लब अझैपनि सञ्चालनमा छ । क्लबबाटै पुल, बाटो, मन्दिर बनाएका छौं । म १२–१३ वर्षको उमेरकै गरेको यो ऐतिहासिक थियो मेरो । अझै स्मरणमा छ । यो विगतको कुरा भया, उनले भने । 

    पछि काठको कारखाना खोलेपछि धेरैले रोजगारी पाउनुभएको छ । एक पटक कारखानामा पुग्दा एकजोडी महिला र पुरुष आएर मेरो अगाडि धेरैबेर रुनुभयो । किन रुनुभएको भन्दा काराखानामा काम गर्नुअघि गिटी कुटेर महिनाको चारदेखि आठ हजार रुपैंयाँसम्म कमाउनु हुँदोरहेछ । 

    काठ उद्योगमा काम पाएपछि मासिक ७० हजार सम्मको आम्दानी हासिल गरेपछि खुसीले रुनुभएको रहेछ । यसले मलाई खुवै खुशी तुल्यायो । किन खुसी मिल्यो भने मेरो व्यवसाय मात्र भन्दा पनि कसैको जीवन नै परिवर्तन ल्याइरहेको रहेछ । त्यसैले मैंले आफूले आफंैलाई चिनाउनुपर्दा म उद्यमी भन्दापनि सामाजिक उद्यमी भन्न रुचाउँछु । जतिपनि मेरो व्यवसाय छ, फाइदाका लागि मात्र छैन् । सामाजिक योगदानको लागि पनि छ ।

    तर जुम्लाको प्रसंगमा अरु सिर्जनात्मक कामहरु गर्न खोजिरहेको छु तर सकिरहेको छैन् । काठ उद्योग, युवा क्लव र लघुवित्तका माध्यमबाट गाउँसँग जोडिएको छु । लघुवित्तको शाखा खोलेर हजारौं गाउँलेहरुका निम्ति योगदान गरिरहेको छु । विना धितो कर्जा दिएर सेवा गरिरहेको छु । समूह बनाउने, तालीम दिने र उद्यमी बनाउने कामहरु भइरहेका छन् । आर्थिक पहुँचमा बृद्धि गराउने काम भइरहेको छ ।

    त्यसमाथि हामीले स्थापना गरेको मातृभूमि लघुवित्त एउटा यस्तो संस्था हो जसले राष्ट्रबैंकले क्याप ल्याउनुभन्दा पहिले १५ प्रतिशतको क्याप ल्याउनुभन्दा पहिला १५ प्रतिशत भन्दा बढी चार्ज कहिल्यै गरेनौं । कुनै जमानामा हाम्रो कष्ट अफ फण्ड १६ प्रतिशत थियो । तर हामीले १५ प्रतिशतमा दिइरहेको थियौं ।


    मैंले डाटा लिएको त छैन् तर आम रुपमा बुझ्दा लघुवित्त भनेको ग्रामीण अर्थतन्त्रको यस्तो ठूलो माध्यम हो जसले आम गाउँबासीको जीवनमा पुरै परिवर्तन ल्याइदिन्छ । कामगर्दै गयो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण पस्केका छौं । मेरो जीवनको मन्त्र नै इमान्दार र मेहेनत हो । म अहिले पनि १८ घण्टा, कहिले काही रातभर नसुतेर काम पनि गर्छु । इमान्दारिताका साथ खट्न सक्नुपर्छ । 

    इमान्दारिता र मेहेनत जोसँग छ उसले संसार जित्न सक्छ उनले भने, ‘राज्य, संस्था र क्षेत्र सफल बन्न धेरै समय लाग्दैँन् । कुनै नयाँ संस्था वा ओरालो लागेको संस्थालाई माथि उठाउन अठोट र मेहेनतका साथ काम गर्यो भने सफलता मिल्छ  उदाहरण हामी हौं ।’
     
    (विभिन्न आइटी एवम काठ उद्योगका संचालक एवम मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष लोकराज शर्मासँग गरेको कुराकानीमा आधारित )

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार