images
images

पाकिस्तानबाट ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

पाकिस्तानबाट ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

बुधवार, कार्तिक २९ २०८०
बुधवार, कार्तिक २९ २०८०
  • पाकिस्तानबाट ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

    सोमबार ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् ।  अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै ५ हजार ६ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन् ।

    images
    images
    images
    images

    त्यस्तै, सोमबार ३ हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको  पनि मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै सङ्माख्या इरानमा रहेको  बताइएको छ ।

    विगत दुई महिनामा ४ लाख भन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन् । अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँद याममा फर्किएकाहरूलाई अस्थायी आश्रयसहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार