images
images

मंसिर महिनामा १६ ओटा बैङ्कले ब्याजदर बढाउँदा ६ ओटाको स्थिर, कुनको कति ?

मंसिर महिनामा १६ ओटा बैङ्कले ब्याजदर बढाउँदा ६ ओटाको स्थिर, कुनको कति ?

प्रकाशित ब्याजदर अनुसार १३ ओटा वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन् भने ६ ओटाले स्थिर राखेका छन् । माछापुच्छ्रे बैङ्कले भने ब्याजदर वृद्धि गरेको छ ।

बिहिवार, कार्तिक ३० २०८०
बिहिवार, कार्तिक ३० २०८०
  • मंसिर महिनामा १६ ओटा बैङ्कले ब्याजदर बढाउँदा ६ ओटाको स्थिर, कुनको कति ?

    काठमाडौँ / वाणिज्य बैङ्कहरूले मंसिर महिनाको ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित ब्याजदर अनुसार १३ ओटा वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन् भने ६ ओटाले स्थिर राखेका छन् । माछापुच्छ्रे बैङ्कले भने ब्याजदर वृद्धि गरेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैङ्कहरूमध्ये १३ वाणिज्य बैङ्कहरूले मंसिर महिनाका लागि ब्याजदर घटाएकोमा सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया बैङ्क रहेको छ । 

    माछापुच्छ्रे बैङ्कबाहेक सबै बैङ्कहरूले व्यक्तिगत र संस्थागत दुबै मुद्दति निक्षेपमा समान ब्याजदर घटाएका हुन् । मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैङ्क, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैङ्क छन् । यी बैङ्कले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    कार्तिक महिनामा व्यक्तिगत मुद्दति खातामा ९.९६४ प्रतिशत अधिकतम ब्याजदर, मंसिर महिनामा ०.३३१ प्रतिशत विन्दु घटेर ९.६३२ प्रतिशतमा झरेको छ । संस्थागत मुद्दति निक्षेपतर्फ भने अधिकतम ब्याजर ०.३०६६ प्रतिशत विन्दुले घटेर ७.५४६ प्रतिशतमा झरेको छ ।

    एनआईसी एशिया बैङ्क

    एनआईसी एशिया बैङ्कले कार्तिक महिनाका तुलनामा मंसिर महिनामा ब्याजदर २.०३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । ब्याजदर घटाएसँगै अब एनआईसी एशियाको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.९६८ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.९६८ प्रतिशत कायम भएको छ । 

    एनएमबि बैङ्क 

    एनआईसी एशिया बैङ्कपछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबि बैङ्क रहेको छ । एनएमबिले मंसिर महिनाका लागि १.२४३ प्रतिशतभन्दा बढीले ब्याजदर घटाएर ९.७६ प्रतिशतमा झारेको छ । कार्तिक महिनामा एनएमबि बैङ्कले ब्याजदर बढाएको थियो । ब्याजदर बढाएपछि यो बैङ्क निकै आलोचितसमेत भएको थियो । ब्याजदर सबैभन्दा बढी घटाउने बैङ्कहरूको सूचीमा दोस्रो स्थानमा रहेको एनएमबि बैङ्कको ब्याजदर अब व्यक्तिगत मुद्दति निक्षेपतर्फ ९.७६ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ७.७६ प्रतिशत कायम भएको छ । 

    कृषि विकास बैङ्क

    कृषि विकास बैङ्कले ०.२४८ प्रतिशतले ब्याजदर घटाएको छ । बैङ्कले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको छ । कात्तिकमा बैङ्कले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.७६१९ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो । 

    मंसिरमा व्यक्तिगततर्फ १ महिनादेखि ५ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजददर ९.५१२ प्रतिशत तोकिएको छ । संस्थागततर्फको मुद्दति निक्षेपको भने ६ महिनादेखि ५ वर्षसम्म अवधिको पनि घटाएर बैंकले ७.५१२ प्रतिशत बनाएको छ । 

    कात्तिकमा संस्थागतर्फको मुद्दति निक्षेपको ६ महिनादेखि ५ वर्षसम्म अवधिको ब्याजदर ७.७६१९ प्रतिशत थियो । कल निक्षेपको ब्याजदर पनि घटाएर २.५ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ८ प्रतिशत कायम गरिएको छ । कात्तिकमा कल निक्षेपको ब्याजदर २.६२५ प्रतिशत र बचतको ब्याजदर अधिकतम ८.२५ प्रतिशत थियो ।

    हिमालयन बैङ्क

    हिमालयन बैङ्कले मंसिर महिनाका लागि ०.४० प्रतिशतले ब्याजदर घटाएको छ । कार्तिक महिनामा व्यक्तिगततर्फ ११.०३ प्रतिशत र मुद्दतितर्फ ९.०३ प्रतिशत ब्याजदर तोकेको यो बैङ्कले मंसिर महिनामा भने व्यक्तिगततर्फ १०.६०३ प्रतिशत र मुद्दतितर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएको छ । 

    नेपाल एसबिआई बैङ्क

    नेपाल एसबिआईले मंसिरका लागि व्यक्तिगत निक्षेपमा १०.६३ प्रतिशत  र संस्थागततर्फ ८.६० प्रतिशत ब्याज दिने भएको छ । कार्तिक महिनामा व्यक्तिगततर्फ १०.७० प्रतिशत र मुद्दतितर्फ ८.७० प्रतिशत रहेकोमा मंसिर महिनामा भने एसबिआईले ०.०९७ प्रतिशतले ब्याजदर घटाएको हो । 

    ग्लोबल आइएमई बैङ्क

    ग्लोबल आइएमई बैङ्कले व्यक्तिगततर्फ ९.६ र संस्थागततर्फ ७.६ प्रतिशत ब्याजदर तोकेको छ । यो बैङ्कले कार्तिक महिनामा व्यक्तिगततर्फ १० प्रतिशत र मुद्दतितर्फ ८ प्रतिशत कायम गरेको थियो । ग्लोबल आइएमई बैङ्कको ब्याजदर कार्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.४० प्रतिशत रहेको थियो । 

    स्ट्याण्डर्ड चार्टर्ड बैङ्क

    स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको मंसिरका लागि व्यक्तिगत निक्षेपतर्फ ८.९७ र संस्थागततर्फ ५.२५ प्रतिशत रहेको छ । कार्तिक महिनामा स्ट्याण्डर्ड चार्टर्डको ब्याजदर व्यक्तिगततर्फ ९.२२ प्रतिशत र मुद्दतितर्फ ५.५० प्रतिशत रहेको थियो । कार्तिकको तुलनामा यो बैङ्कको ब्याजदर ०.२५ प्रतिशतले घटेको हो ।   

    नबिल बैङ्क

    नबिल बैङ्कले व्यक्तिगततर्फ ९.१ र संस्थागततर्फ ७.१ प्रतिशत रहेको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा नबिलको ब्याजदर ०.९० प्रतिशतले घटेको हो । कार्तिक महिनामा यो बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र मुद्दतितर्फ ८ प्रतिशत ब्याज दिएको थियो । 

    नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क 

    नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ प्रतिशत ब्याजदर तोकेको छ । कार्तिकको तुलनामा मंसिरमा यो बैङ्कले ०.५० प्रतिशतले ब्याज घटाएको हो । कार्तिकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको ब्याजदर व्यक्तिगततर्फ १०.०१ प्रतिशत र मुद्दतितर्फ ८.०१ प्रतिशत तोकेको थियो । 

    ४ ओटा बैङ्कको ब्याजदर एउटै 

    मंसिरमा ४ वटा बैङ्कको ब्याजदर व्यक्तिगत र संस्थागत दुवैमा एउटै रहेको छ । एभरेष्ट, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ९ र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । मंसिरमा राष्ट्रिय वाणिज्य बैङ्कको ब्याजदर ०.५० प्रतिशतले घटेको छ भने एभरेष्ट, प्रभु र सानिमाको ब्याजदर ०.२२४ प्रतिशतले घटेको छ । एभरेष्ट, प्रभु र सानिमा बैङ्कको व्यक्तिगत ब्याजदर कार्तिक महिनामा ९.२२३ प्रतिशत रहेको थियो मुद्दतितर्फ ७.२२४ प्रतिशत रहेको थियो । यसैगरी राष्ट्रिय वाणिज्य बैङ्कको व्यक्तिगततर्फ ९.५० प्रतिशत र मुद्दतितर्फ ७.५० प्रतिशत रहेको थियो ।

    ६ ओटा बैङ्कको ब्याजदर स्थिर

    मंसिर महिनामा ४ ओटा बैङ्कले ब्याजदर स्थिर राखेका छन् । जसमध्ये कुमारी बैङ्कको ब्याजदर व्यक्तिगततर्फ १०.०१ र संस्थागततर्फ ८.०१ प्रतिशत रहेको छ । कार्तिक महिनामा पनि कुमारीको ब्याजदर यति नै थियो । त्यस्तै, सिटिजन्स बैङ्कको ब्याजदर व्यक्तिगततर्फ ९.९५ र संस्थागततर्फ ७.९५ प्रतिशत रहेको छ भने सिद्धार्थ बैङ्कको ब्याजदर व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत रहेको छ । 

    लक्ष्मी सनराइज बैङ्कले पनि मंसिर महिनामा ब्याजदर स्थिर राखेको छ । मंसिरमा यो बैङ्कको ब्याजदर व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८ प्रतिशत छ भने प्राइम बैङ्कको व्यक्तिगततर्फ १०.२५ र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याज रहेको छ । यी 
    पाँच बैङ्कले कार्तिक महिनामा पनि यही ब्याज दिएको थियो ।

    यसैगरी नेपाल बैङ्कले मंसिर महिनामा मुद्दतितर्फको ब्याजदर स्थिर राख्ने भएको छ । कार्तिकको तुलनामा बैङ्कको मंसिर महिनाको ब्याजदर स्थिर भए पनि साधारण बचतमा भने परिवर्तन भएको छ । नेपाल बैङ्कले मंसिर महिनामा व्यक्तिगतर्फ ९.२२४ प्रतिशत र मुद्दतितर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । 

    नेपाल बैङ्कको बचतको ब्याजदर परिवर्तन 

    बैङ्कले जारी गरेको सूचना अनुसार मंसिर महिनादेखि साधारण बचत खातामा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशत ब्याजदर प्रदान गरिने छ  । त्यस्तै साधारण रेमिट्यान्स बचतमा भने ७.५८५ प्रतिशत ब्याज प्रदान गरिने बैङ्कले जनाएको छ । कात्तिक महिनामा बैङ्कले ४.२२४ प्रतिशतदेखि ६.२२४ प्रतिशत दिँदै आएको थियो भने रेमिट्यान्स खातामा ८.२२४ प्रतिशत ब्याजदर रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार