images
images

मन्त्रिपरिषद्को बैठक आज, सरकारले कुलमानलाई हटाउने निर्णय गर्ला ?

मन्त्रिपरिषद्को बैठक आज, सरकारले कुलमानलाई हटाउने निर्णय गर्ला ?

उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानविरुद्ध अभिव्यक्ति दिएका थिए ।

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • images
    images
    मन्त्रिपरिषद्को बैठक आज, सरकारले कुलमानलाई हटाउने निर्णय गर्ला ?
    images
    images

    काठमाडौँ / आज (सोमबार) साँझ मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images
    images

    बैठकमा ऊर्जा, जलस्रोत तथा  सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरूमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    यससँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सरकारले के निर्णय गर्ला भन्ने चासो बढेको छ । सरकारलाई असहयोग गरेको आरोपमा यसअघि पनि निर्देशक घिसिङलाई हटाउन सरकार लागिपरेको चर्चा चलिरहेको छ । 

    उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानविरुद्ध अभिव्यक्ति दिएका थिए । उनले कुलमानलाई अटेरी भएको, प्रचारबाचीमा लागेको जस्ता आरोप लगाएका छन् । 

    नेकपा माओवादी केन्द्रले बिहान, बेलुकी नै कुलमानलाई हटाउने हल्ला चलाएको उल्लेख गर्दै कुलमानको गल्ती औँल्याउन माग गर्दै आएको छ । 

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विस्थापित भएपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सरकार र प्राधिकरणबीचको विवाद सतहमा आएको हो । प्रधानमन्त्री ओली र उर्जामन्त्री दीपक खड्का सुरुआत देखिनै कुलमानलाई हटाउने पक्षमा छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार