images
images

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४० करोड रुपैयाँ लगानी गर्ने

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४० करोड रुपैयाँ लगानी गर्ने

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • images
    images
    राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४० करोड रुपैयाँ लगानी गर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

    images
    images

    केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

    राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

    केन्द्रीय बैंकले मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्ने जनाएको छ । उक्त पैसा मुद्दति निक्षेपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर ५ गते आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाएर आवेदन दिन सक्नेछन् ।

    आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार