काठमाडौँ / सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँ पुगेको हो ।
त्यस्तै, यसअघि प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ बढेर आज १ लाख १५ हजार १ सय ५० रुपैयाँ पुगेको हो । यता, चाँदीको भाउ भने स्थिर नै रहेको छ । यसअघिकै मूल्यमा अर्थात प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा चाँदीको कारोबार हुने महासङ्घले जनाएको छ ।