images
images

राष्ट्र बैंकले आज २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

राष्ट्र बैंकले आज २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • images
    images
    राष्ट्र बैंकले आज २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सोमबार २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मङ्सिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन किसिममा कूल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

    images
    images

    बैंकद्धारा जारी सूचनाअनुसार कूल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गरिनेछ भने बाँकी २० अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिनेछ । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्टाएको छ भने ९१ दिनेका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिनेका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मङ्सिर ४ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मङ्सिर ५ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले कात्तिक २४ गते १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार