images
images

दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार (तालिकासहित)

दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार (तालिकासहित)

पहिलो त्रैमासमा करिब १ खर्ब आन्तरिक ऋण उठाएको सरकारले दोस्रो त्रैमासमा भने ३१ अर्ब मात्रै उठाउने भएको छ।

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार (तालिकासहित)

    काठमाडौँ / चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो त्रैमाससम्ममा करिब १ खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा भने ३१ अर्ब मात्रै आन्तरिक ऋण उठाउने भएको छ।

    केन्द्रीय बैंकले आज आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गर्दै दोस्रो त्रैमाससम्ममा ३१ अर्ब आन्तरिक ऋण उठाउने जानकारी गराएको हो।

    विभागले सार्वजनिक गरेको आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिल १० अर्ब रुपैयाँ र विकास ऋणपत्रबाट २१ अर्ब रुपैयाँ गरी कुल ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ।

    प्रथम त्रैमासमा ९७ अर्ब ३१ करोड आन्तरिक ऋण बोलकबोल भइसकेको केन्द्रीय बैंकले जनाएको छ ।जुन चालु आर्थिक वर्षमा उठाउने लक्ष्य राखिएका आन्तरिक ऋणको ४०.५ प्रतिशत हो। चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ ।

    खुला बजार सञ्चालन समितिको परिमार्जित बोलकबोल तालिका अनुसार तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र अन्तिम त्रैमासमा ६४ अर्ब आन्तरिक ऋण बोलकबोल गर्ने भएको छ ।

    दोस्रो त्रैमासमा विकास ऋणपत्र मार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुने भएको हो । जसमध्ये १९ मंसिरमा ६ वर्ष अवधिको ७ अर्बको विकास ऋणपत्र बोलकबोल हुने भएको छ । ५ पुसमा ५ वर्ष अवधिको ७ अर्बकै र २२ पुसमा ८ वर्ष अवधिको ७ अर्बकै विकास ऋणपत्र बोलकबोल हुनेछ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार