images
images

सुनको भाउ महँगियो, चाँदी स्थिर

सुनको भाउ महँगियो, चाँदी स्थिर

बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • सुनको भाउ महँगियो, चाँदी स्थिर

    काठमाडौँ / आज बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख १६ हजार ५ सय रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि प्रतितोला १ लाख १५ हजार ६ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको मूल्य आज १ लाख १५ हजार ९ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ रहेको छ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार