images
images

मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान कार्यक्रम, भक्तजनसमेत सहभागी

मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान कार्यक्रम, भक्तजनसमेत सहभागी

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान कार्यक्रम, भक्तजनसमेत सहभागी

    काठमाडौँ / नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि.ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।

    images
    images

    सोही दिन केबलकारको तल्लो स्टेसन चेरेशमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा कम्पनीका कर्मचारीलगायत मनकामना दर्शन गर्न आएका भक्तजन पनि सहभागी भएका थिए । 

    २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको मनकामना दर्शनले माता मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अतुलनीय योगदान गरेको छ । 

    कम्पनीले केबुलकार टिकटबाट भएको वार्षिक आम्दानीको एक–एक प्रतिशत हिस्सा यी दुई गाउँपालिकालाई उपलब्ध गराउँदै आएको छ । उक्त रकमबाट दुवै गाउँमा स्वास्थ्य र शिक्षाका साथै खानेपानी, सडक जस्ता पूर्वाधार विकासमा योगदान पुगेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार