काठमाडौँ / नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको हो भने सुनको भाउ स्थिर रहेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १५ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ । यता, चाँदी भने प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार हुँदै आएकोमा घटेर १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।