images
images

बीवाइडीले नेपाल सुपर लिग सिजन २ का लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने

बीवाइडीले नेपाल सुपर लिग सिजन २ का लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • images
    images
    बीवाइडीले नेपाल सुपर लिग सिजन २ का लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने
    images
    images

    काठमाडौँ / बीवाइडीको नेपालको लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरको रूपमा पुनः सहकार्यको सम्झौता गरेको छ।

    images
    images

    यस साझेदारीले साइमेक्स इंक र बीवाइडीको प्रविधि र दिगो विकासको साझा प्रतिबद्धतालाई जोडेको कम्पनीले जनाएको छ।

    शुक्रबारबाट सुरु हुँदै गरेको एनएसएलका ९ फ्रान्चाइज फुटबल टिमहरूमध्येको एक ललितपुर सिटी फुटबल क्लबले वाग्मती प्रदेशको सुन्दर सहर ललितपुरको प्रतिनिधित्व गर्दैछ। यो सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने कम्पनीले लक्ष्य राखेको छ।

    साइमेक्स इंक र बीवाइडीको दिगो विकासको साझा लक्ष्य प्राप्तिमा खेलकुद सशक्त माध्यम बन्‍नेमा कम्पनी विश्‍वस्त छ। ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने बीवाइडीको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकुदबीचको सहकार्य दर्शाउने कम्पनीको ठम्याइ छ।

    ललितपुर सिटी फुटबल क्लबसँग बीवाइडीको यो पहिलो साझेदारी भने होइन। २०२१ मा भएको एनएसएलको पहिलो सिजनमा ललितपुर सिटी फुटबल क्लबले तेस्रो स्थान हासिल गर्दै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको थियो।

    साइमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, ‘नेपाल सुपर लिगको दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लबसँगको बीवाइडीको साझेदारीले हामी निकै उत्साहित छौं। यो हाम्रो सहयात्राले खेलको मैदानदेखि बाहिरसम्म, खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारीसाधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरुलाई स्पष्टसँग देखाउने छ भन्‍नेमा हामी ढुक्क छौँ।’

    ललितपुर सिटी फुटबल क्लब पनि यो सहकार्यलाई लिएर उत्तिकै उत्साहित रहेको क्लबका प्रबन्ध निर्देशक आलोक जंग जोशी बताउँछन्।

    ‘बीवाइडीलाई क्लबको मोबिलिटी पार्टनरका रुपमा पाउँदा हामी गौरवान्वित छौँ र यो सहकार्य फुटबल मैदानबाट बाहिर पनि दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोगी हुनेछ,’ जोशीले भने।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार