images
images

होन्डा कम्पनीको कारमा सिट बेल्टमा समस्या, बजारबाट फिर्ता मगायो ३ लाख युनिट कार

होन्डा कम्पनीको कारमा सिट बेल्टमा समस्या, बजारबाट फिर्ता मगायो ३ लाख युनिट कार

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • होन्डा कम्पनीको कारमा सिट बेल्टमा समस्या, बजारबाट फिर्ता मगायो ३ लाख युनिट कार

    सिट बेल्टमा समस्या देखिएपछि होन्डा कम्पनीले ३ लाख युनिट कार बजारबाट फिर्ता मगाएको छ। सीएनएनमा प्रकाशित समाचार अनुसार नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए)मा कम्पनीले पठाएको सूचनामा अक्कर्डस र एचआर–भी कारको फ्रन्ट सिट बेल्टमा समस्या देखिएपछि बजारबाट उक्त कार फिर्ता मगाइएको हो । 

    images
    images

    कार बजारमा फिर्ता ल्याउन कम्पनीले सम्बन्धित क्षेत्रहरूमा सूचना पनि पठाइसकेको बताइएको छ।

    होन्डाले एनएचटीएसएमा पठाएको सूचनामा गत मे महिनामा सिट बेल्टमा देखिएको समस्याका बारेमा जानकारी प्राप्त भएको जनाएको छ। सूचना प्राप्त भए लगत्तै केही गाडीको सिट बेल्टका केही नमुना सङ्कलन गरी अनुसन्धान गरेको होन्डाले उल्लेख गरेको छ । 

    यसअघि गत नोभेम्बरमा पनि कम्पनीले बजारबाट २ लाख ५० हजार युनिट कार बजारबाट फिर्ता मगाएको थियो। ती कार उत्पादनमा त्रुटि देखिएकोले इन्जिनमा समस्या आउने देखेर कम्पनीले फिर्ता मगाएको थियो। 

    एनएचटीएसएका अनुसार सिट बेल्टले दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ प्रतिशत र गम्भीर घाइतेको सङ्ख्या ५० प्रतिशतले घटाउँछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार