चर्चित समाचार
  • बिवाइडीको ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन सम्पन्न

    बिवाइडीको ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन सम्पन्न

    बिहिवार, मंसिर १४ २०८०
    बिहिवार, मंसिर १४ २०८०
  • बिवाइडीको ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन सम्पन्न

    काठमाडौँ / न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता बिवाइडीले आफ्ना ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ। 

    यस रेकर्डले विद्युतीय सवारी उद्योगको विकासमा बिवाइडीको प्रतिबद्धताको निरन्तरता देखाउँछ।

    बिवाइडीले न्यू इनर्जी भेहिकलको उत्पादन तीन महिनामै ५० लाखदेखि ६० लाख पुर्‍याउँदै द्रुत गतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ। 

    अक्टोबरमा मात्रै बिवाइडले तीन लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्री रेकर्ड हासिल गरेको थियो।

    प्रविधिमा अग्रणी स्थान लिदै बिवाइडीले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको छ। जसले उपभोक्तहरूको विविध आवश्यकताहरूलाई पूरा गर्न सक्ने कम्पनीको भनाइ छ। 

    २०१० बाटै बिवाइडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधन हरुको विद्युतीकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ। 

    बिवाइडीको विद्युतीय सार्वजनिक परिवहनका साधनहरू अब ७० भन्दा बढी देशको ४०० भन्दा बढी सहरहरूमा सञ्चालनमा छन्।

    विश्वमा पहिचान बढाउँदै न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बिवाइडीले आफ्नो पहुँच बढाएको छ। 

    हाल बिवाइडीले ५८ देश र तिनका विभिन्न क्षेत्रमा प्रवेश गरी २ लाखभन्दा बढी गाडीहरू बिक्री गरिसकेको छ। न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशरूमा महत्त्वपूर्ण जीत पनि हासिल गरिसकेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार