images
images

अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना मझौला उद्यमका लागि इकोसिस्टम विकास गर्न आवश्यक छः अध्यक्ष हमाल

अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना मझौला उद्यमका लागि इकोसिस्टम विकास गर्न आवश्यक छः अध्यक्ष हमाल

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना मझौला उद्यमका लागि इकोसिस्टम विकास गर्न आवश्यक छः अध्यक्ष हमाल

    काठमाडौँ / नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना मझौला उद्यमका लागि सम्पूर्ण इकोसिस्टम विकास गर्न आवश्यक रहेको बताएका छन् । 

    images
    images

    शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष हमालले साना मझौला उद्यमका लागि सम्पूर्ण इकोसिस्टम निर्माण गरे मात्रै मुलुकको आर्थिक प्रणाली दिगो, सबल र सन्तुलित बनाउन सकिने दाबी गरे । 

    उनले विकशित देशको अर्थतन्त्र पनि साना मझौला उद्यमबाट ९० प्रतिशत अर्थतन्त्र धान्ने गरेको बताए । उनले अर्थतन्त्रको पिरामिडमा टप सूचकहरु एमएसएमईको पूर्वाधार बिना तयार हुन नसक्ने बताए । उनले नेपालको अर्थतन्त्रलाई अर्को युगमा प्रवेश गराउन एमएसएमईमा प्रोटोकल,प्रणाली,सम्पूर्ण इकोसिस्टम विकास गर्न आवश्यक रहेको जिकिर गरे । 

    उनले भने,‘नेपालको आर्थिक प्रणालीलाई दीर्घकालिन रुपमा सबल र सन्तुलित बनाउनको लागि नेपालको साना मझौला उद्यम लागि सम्पूर्ण इकोसिस्टम निर्माण गर्न जरुरी छ । अहिले हामीसँग सिमित मात्रै छ । विकसित देशको अर्थतन्त्र पनि माइक्रो र साना उद्यमहरु जसलाई हामी एमएसएई भन्दछौं त्यो भनेको ९० प्रतिशत अर्थतन्त्र हो । पिरामिडका टप सूचकहरु हुन्छन् त्यो पनि एमएसएमईको पूर्वाधार बिना तयार हुन सक्दैन । नेपालको अर्थतन्त्रलाई अर्को युगमा प्रवेश गराउन एमएसएमईमा प्रोटोकल,प्रणाली,सम्पूर्ण इकोसिस्टम विकास गर्न आवश्यक छ । जुन दिशामा हामी काम गरिरहेका छौं । एसएमएमईको लागि आउट फण्डिङको मेकानिजम पुँजीबजारमा उपकरण नियमावली तयार पारेर सरकारलाई प्रश्तुत गरेका छौं । चाँडै पास भयो भने प्राइभेट इकुटी,भेन्चर क्यापिटल र एसएमएमईको लागि इकोसिस्टम विकास भएपछि ग्रामिन लेभलबाट अर्थतन्त्र माथि आउन थाल्छ ।’

    उनले बोर्डले एसएमएमईको लागि आउट फण्डिङको मेकानिजम पुँजीबजारमा उपकरण नियमावली तयार पारेर सरकारलाई प्रश्तुत गरेको बताए । उनले उक्त नियमावली चाँडै पास ग्रामिण लेभलबाट अर्थतन्त्र माथि आउन सक्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार