images
images

राष्ट्र बैंकले आज १६ अर्ब ४ करोड बराबरको ट्रेजरी बोलकबोल गर्दै

राष्ट्र बैंकले आज १६ अर्ब ४ करोड बराबरको ट्रेजरी बोलकबोल गर्दै

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • images
    images
    राष्ट्र बैंकले आज १६ अर्ब ४ करोड बराबरको ट्रेजरी बोलकबोल गर्दै

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । 

    images
    images

    बैंकले मंसिर १९ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने दुई किसिमका कूल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

    यद्यपि, केन्द्रीय बैंकले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण गर्ने भएको हो ।बैंकद्धारा जारी सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मंसिर १८ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मंसिर १९ गते हुनेछ ।

    यसअघि केन्द्रीय बैंकले मंसिर ११ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार