images
images

राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • images
    images
    राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्ने भएको हो ।

    images
    images

    सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त विकास ऋणपत्रको मंसिर १९ गते बोलकबोल हुने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंसिर १९ गते दिउँसो २ बजेसम्ममा आवेदन दिन सक्नेछन् । 

    विकास ऋणपत्रको निष्काशन भने मंसिर २० गते हुनेछ । कूल निष्काशित विकास ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विनाप्रतिस्पधात्मक प्रणालीमार्फत बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार