images
images

एक वर्षमा गभर्नरले बुझे करिब ६० लाख ९१ हजार तलबभत्ता, अन्य उच्च तहका कर्मचारीको कति ?

एक वर्षमा गभर्नरले बुझे करिब ६० लाख ९१ हजार तलबभत्ता, अन्य उच्च तहका कर्मचारीको कति ?

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • images
    images
    एक वर्षमा गभर्नरले बुझे करिब ६० लाख ९१ हजार तलबभत्ता, अन्य उच्च तहका कर्मचारीको कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक बर्ष २०७९/८० को एक वर्षमा करिब ६१ लाख रुपैयाँ तलबभत्ता बुझेका छन् । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उनले गत आर्थिक वर्षमा तलबभत्ता बापत ६० लाख ९१ हजार ३३५ रुपैयाँ बुझेका हुन् । तथ्यांकअनुसार गभर्नरको तलबभत्ता एक वर्षमा २४.१७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा गभर्नर अधिकारीले ४९ लाख ५ हजार २५५ रुपैयाँ सेवा सुविधा वापत लिएका थिए ।

    गत आर्थिक वर्षमा अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा उनले १४ लाख १८ हजार तलब, ३ लाख ५ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ३१ लाख ८१ हजार ८५५ रुपैयाँ गरी कुल ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका थिए । 

    त्यस्तै, डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले गत आर्थिक वर्षमा ५७ लाख २ हजार ३६१ रुपैयाँ लिएकी छन् । उनले तलब १४ लाख ६० हजार ४०० रुपैयाँ, बैठक भत्ता ३ लाख ४२ हजार र अन्य सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ गरी कुल ५७ लाख २ हजार ३६१ रुपैयाँ लिएकी हुन् । 

    यता, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले गत आर्थिक वर्षमा ५३ लाख २२९ रुपैयाँ तलब तथा सुविधा लिएका छन् । उनले तलब १४ लाख ६० हजार ४००, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य सुविधा ३४ लाख ६१ हजार ८२९ रुपैयाँ सहित ५३ लाख २२९ रुपैयाँ तलब तथा सुविधा लिएका हुन् । 

    सञ्चालकहरूको तलब भत्ता १९.९९ प्रतिशतले बढ्यो, कसको कति ? 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार एक वर्षमा सञ्चालकहरुको तलब भत्ता तथा सेवासुविधा १९.९९ प्रतिशतले बढेको छ ।

    राष्ट्र बैंकका सञ्चालकहरुले गत आर्थिक वर्षमा तलब बैठक भत्ता र अन्य सेवा सुविधा वापत २ करोड ५ लाख ८२ हजार १२६ रुपैयाँ लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा तलब, बैठक भत्ता सहितको सेवा सुविधा १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ लिएका थिए ।

    राष्ट्र बैंकमा ७ जनाको सञ्चालक पद हुन्छ । तर, आर्थिक वर्षको बीचमा नै सञ्चालक परिवर्तन हुँदा गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट सञ्चालकको रुपमा ११ जनाले सेवा सुविधा लिएका छन् ।

    गत आर्थिक वर्षमा सञ्चालकको रुपमा चिन्तामणि शिवाकाटीले बैठक भत्ता ४ लाख ५ हजार र अनय सेवा सुविधा ११ लाख ५९ हजार ३८२ रुपैयाँ गरी १५ लाख ६४ हजार ३८२ रुपैयाँ लिएका छन् । राष्ट्र बैंकमा अर्थ सचिव सञ्चालक हुने व्यवस्था छ । अर्थ सचिवको सरुवा हुनासाथ सञ्चालक पनि परिवर्तन हुन्छ । अर्थ सचिवको रुपमा राष्ट्र बैंककको सञ्चालक हुँदा अर्जुनप्रसाद पोख्रेलले बैठक भत्ता ९९ हजार र २९ हजार १८६ अन्य सेवा सुविधा सहित १ लाख २८ हजार १८६ रुपैयाँ लिएका छन् ।

    यस्तै अर्थ सचिवको रुपमा राष्ट्र बैकको सञ्चालक हुँदा तोयम रायले ९९ हजार बैठक भत्ता र अन्य सुविधा ७० हजार ९९२ सहित कुल १ लाख ६९ हजार ९९२ रुपैयाा बुझेका छन् । कृष्णहरि पुस्करले बैठक भत्ता १ लाख ४४ हजार र अन्य सेवा सुविधा १ लाख ११ हजार २२१ सहित कुल २ लाख ५५ हजार २२१ रुपैयाँ बुझेका छन् ।

    यस्तै अर्थ सचिव हुँदा मधुकुमार मरासिनीले राष्ट्र बैंक सञ्चालकको रुपमा बैठक भत्ता बापत १८ हजार रुपैयाँ बुझेको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकको सञ्चालक शंकरप्रसाद आचार्यले बैठक भत्ता ३ लाख ६० हजार र अन्य सुविधा ६ लाख ४८ हजार ४०८ सहित कुल कुल १० लाख ८ हजार ४०४ रुपैयाँ बुझेका छन् ।

    अर्का सञ्चालक रवीन्द्रप्रसाद पाण्डेले बैठक भत्ता ९९ हजार र अन्य सुविधा २ लाख ४५ हजार १२ रुपैयाँ सहित कुल ३ लाख ४४ हजार १२ रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्षको सुरुवातमा सञ्चालकको रुपमा सुवोधकुमार कर्णले पनि रहेका थिए । तर, उनी कुनै बैठकमा सहभागी नभएको कारण कुनै सेवा सुविधा पनि लिएका देखि‌दैन । 

    हेर्नुहोस् तलबभत्ताको सूचीः

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार