images
images

तरकारीखेतीसँगै एक सय मौरीका घार सम्हाल्ने चोलादेवी पाठक

तरकारीखेतीसँगै एक सय मौरीका घार सम्हाल्ने चोलादेवी पाठक

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • तरकारीखेतीसँगै एक सय मौरीका घार सम्हाल्ने चोलादेवी पाठक
    images
    images

    अहिले बागलुङ अमलाचौरका चोलादेवी पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार  छन् । बाख्रापालन गरिरहेकी  पाठकले मौरीपालन शुरु गरेकी थिइन्, उक्त पेशाबाट राम्रो आम्दानी भएको पाठकको अनुभव छ । वर्षमा पाँच सय ५० किलोग्राम मह उत्पादन गर्छिन् । 

    अहिले प्रतिकेजी रु एक हजार दुई सयमा मह बिक्री भइरहेको बताउँदै पाठकले बजारको समस्या नरहेको जानकारी दिइन् । घरभान्छाबाट व्यवसायिक मौरी मालनमा लागेकी पाठकले अहिले बार्षिक ६ लाख रुपैयाँबढि कमाउँछिन् ।

    अग्र्यानिक मह उत्पादन गर्नसके बजारको चिन्ता लिन नपर्ने उनको भनाइ छ । उनको फार्ममा बलेवामै उत्पादन भएको बलेवा मौरीपालन उद्योगको आधुनिक घार र जसन घार भारतबाटसमेत निर्यात गरिएको छ । 
     
    उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकी हुँ ।  यसमा श्रीमानको साथ र सहयोग पनि रहेको छ, उनले भनिन् । 


    “परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मौरी बिक्रीका लागि बजार पुग्न पर्दैन, भैरवस्थान मन्दिर दर्शनका लागि आएकाले खरिद गरेर लैजान्छन्”,किसान पाठकले भनिन्, “४५ बाख्रासमेत पालेको थिएँ, तर बाख्रा पाल्न अलि धेरै खर्च हुने रहेछ, अहिले १० वटामात्रै बाख्रा छन्, मौरीपालनमा चोखो आम्दानी छ, त्यसका साथसाथै तरकारी खेतीसमेत गर्दै आएको छु ।”

    घरमा अझै पनि केही मुडेघार छन् । बाख्रापालनका लागि दुई सयवटा राइखन्यूका बिरुवा लगाइएको र आगामी दिनमा बाख्राको सङ्ख्यासमेत बढाउँदै लैजाने गरी आधुनिक खोर व्यवस्थापनसमेत गरिएको छ ।

    पचासवटा बाख्रा अट्ने गरी खोर व्यवस्थापन गरिएको पाठकको भनाइ छ । “बाख्रालाई भन्दा केही सहज छ मौरीपालन, मौरीपालनमा जोखिम भए पनि आम्दानी राम्रो छ, गत वर्ष रु एक लाख ५० हजारबराबरको अनुदानसमेत पाएको थिएँ”, उनले भनिन्, “४५ घारबाटै वार्षिक रु छ लाख बढी कमाउन सकिनेरहेछ, त्यसैले बाख्रापालनमा भन्दा मौरीपालनमा बढी ध्यान दिन थालिएको छ, आगमी दिनमा एक सय मौरीका घार पुर्याउने हाम्रो परिवारको योजना छ ।”

    मौरीपालनलाई रोगबाट जोगाउन सकेमात्र पुग्ने उनको अनुभव छ । महिला अगाडि बढेर बाख्रापालन र मौरीपालनमा लाग्दा परिवारको राम्रो सहयोग मिलेको बताउँदै आयआर्जनका लागि महिला अग्रसर हुन आवश्यक रहेको पाठकको भनाइ छ। 

    चार वर्षअघि कुश्मा पुगेर मौरीपालन तालिम लिएपश्चात मौरीपालनमा लागेकी पाठकले यसबाट राम्रो आम्दानी गर्न थालेपछि दङ्ग छन् । 


    मौरीलाई चिसोबाट जोगाउन जस्ताको छाना लगाइएको मौरीपालक किसानको भनाइ छ ।

    कोट भैरव कृषि मौरी र पशुपक्षी फार्ममा गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले मह उत्पादन वृद्धि कार्यक्रमअन्र्तगत रु एक लाख ५० हजार अनुदानसमेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । 

    बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार