images
images

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

असोज मसान्तसम्म मुद्रास्फीति ५.३८ प्रतिशत छ भने शोधनान्तर स्थिति १४७ अर्ब ११ करोडले बचतमा रहेको छ ।

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • images
    images
    राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक बर्ष २०८०र८१ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ भने आयात ३.८ प्रतिशत घटेको छ भने वृद्धि हुँदा निर्यात ७.७ प्रतिशतले घटेको छ ।

    images
    images

    राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति रु.१,६९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड रहेको छ ।

    यसैगरी नेपाल सरकारको खर्च रु.३५५ अर्ब ६३ करोड र राजस्व परिचालन रु.२७६ अर्ब ६४ करोड रहेको बैंकले जनाएको छ । बैंककाअनुसार विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको बैंकको भनाइ छ ।

    यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार