images
images

पुसका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ? (सूचीसहित)

पुसका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ? (सूचीसहित)

समग्रमा २० वाणिज्य बैंकहरुको औषत ब्याजदर ०.६२ प्रतिशतविन्दु घटेको छ।

शनिवार, मंसिर ३० २०८०
शनिवार, मंसिर ३० २०८०
  • पुसका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ? (सूचीसहित)

    काठमाडौँ / अधिकांश वाणिज्य बैंकहरूले पुसका लागि ब्याजदर घटाएका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार बैंकहरुको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ।

    हाल सञ्चालनमा रहेका कुल २० वटा वाणिज्यमध्ये १८ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। समग्रमा २० वाणिज्य बैंकहरुको औषत ब्याजदर ०.६२ प्रतिशतविन्दु घटेको छ। मंसिर महिनामा ९.९१ प्रतिशत रहेको २० बैंकहरुको औषत अधिकतम ब्याजदर, पुस महिनामा घटेर ८.९९ प्रतिशतमा झरेको छ।

    पुसको लागि हिमालयन बैंकले सबैभन्दा बढी ब्याजदर घटाएको छ। मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर, पुसमा २ प्रतिशतविन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको छ। त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले १ प्रतिशतविन्दु ब्याजदर घटाएका छन्।

    प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन्। यी दुबैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंकदर घटाएसँगै बैंकहरुले ब्याजदर घटाएका हुन्।

    कुन बैंकको कति ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार